प्रचण्ड महाअभियोगको तयारीमा, ओली पार्टी विभाजनतर्फ

२०७७ असार २१ गते २३:२३ Realkhabar

रियलखबर विश्लेषण

दुईुतिहाईको सरकार सन्चालन गरिरहेको नेकपा पार्टीभित्रकै द्धय अध्यक्ष प्रधानमन्त्री समेत रहेका केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच घम्साघम्सी शुरु भएको छ । एक अर्काबीचको आरोप प्रत्यारोप पार्टी विभाजनतर्फ उन्मुख भएको स्वं पार्टी नेतृत्वका अभिव्यक्तिहरुले पुष्टी गरेका छन । पार्टीका अध्यक्ष प्रचण्डपक्षले
आफु र राष्टपतिलाई महाअभियोग लगाएर हटाउन खोजेको आरोप लगाउदै  प्रधानमन्त्री ओलीले राष्टपति विद्यादेवी भण्डारीलाई शनिबार भेट गरेका थिए । राष्टपति भण्डारीलाई भेटेपछि वालुवाटारमै मन्त्रीहरुलाई वोलाई आफुलाई हटाउने षडयन्त्र भैरहेको वताउदै पक्ष विपक्षमा उभिनुपर्ने अवस्था आउन सक्छ भनेर धारणा वुझेका थिए । मन्त्री द्धय घनश्याम भूसाल र बर्षामान पुनले षडयन्त्रको बारेमा पार्टीभित्रै आधिकारिक छलफल चलाई समस्याको समाधान खोज्न सुझावदिएपछि प्रम ओलीले बैठकलाई अनौपचारिक रुपमै टुग्याँएका थिए । माधव नेपाल, झलनाथ खनालसहितका आधादर्जन नेताहरुसहित वकिलहरुसहित वोलाएर प्रचण्डले आफू र राष्टपतिलाई हटाउन षडयन्त्र गरेको आरोप प्रम ओलीले लगाएपछि पार्टीभित्रै सत्ताको चलखेल भएको धेरैले बुझेका छन ।
यता प्रम केपि ओलीले पार्टी विभाजनको लागि अध्यादेश ल्याउन खोजेको आरोप लगाउदै यसको कानूनी पक्षमा परामर्श गरिएको प्रचण्डको दावी छ । प्रधानमन्त्री र राष्टपति हटाउने कुरामा आफुहरुले छलफल नगरेको वताउदै हल्लाको भरमा पार्टी फुटाउन खोजेको प्रचण्डको आरोप । यसबारे प्रचण्ड माधव नेपाल र झलनाथ खनाल लगायतका नेताहरुलाई लिएर राष्टपतिलाई भेटगरि राष्टपतिलाई हटाउन खोजेको आरोप निराधार भएको प्रष्ट पारेका थिए । प्रचण्डले पार्टीभित्रको कुरामा राष्टपतिलाई नमुछिने वताउदै निराधार हल्लाकोपछि नलाग्न राष्टपतिलाई आग्रह गरेका थिए ।

पार्टीभित्र सरकारको प्रभावकारिताको विषयमा आलोचना भैरहेको छ । पार्टीभित्र केपी ओलीबाट पार्टी र सरकार दुवै चलेन अव पार्टीको निर्णय मान्नुपर्छ भनेर वहुमत सदस्यहरुको निष्कर्ष देखिएपछि बहुमतबाट आफुलाई हटाउन सक्ने संकेत देखिएपछि ओली डराएको बुझिएको छ । पूर्व एमालेका शिर्ष नेताहरु नेपाल, खनाल, वामदेव गौतम प्रचण्डको पक्षमा उभिएपछि प्रम वलि पार्टीमा अल्पमतमा परेको र पार्टीको बहुमतलाई चुनौति दिदै संसदको अधिवेसन अन्त्य गर्ने र वैठकमै उपश्थिति नहुने गरेका छन । पछिल्लो पटक विपक्षी नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई भेटन दुत वनाएर आफु निकट रहेका पूर्व सभामुख सुवासचन्द्र नेम्वाडलाई पठाएपछि ओली र प्रचण्डको जुगाको लडाई सतहमा आईपुगेको छ । तर यसलाई कांग्रेसको सम्वन्ध आफुसँग रहेको र पार्टी फुटेमा साझेदारी गर्नसक्ने डरत्रास देखाउने ओलीको प्रचण्डप्रतिको प्रहारको रुपमा वताईन्छ । राष्टिय सिमा सुरक्षाको मुद्धा उठाउदा भारतले आफु विरुद्ध षडयन्त्र गरेको आरोप लगाउने प्रम ओली त्यो षडयन्त्रमा आफ्नै पार्टीको शिर्ष नेतृत्व लागेको हल्ला गर्दै आएका छन् । प्रम ओलीको पक्षमा सडकमा नाराजुलुस भैरहेका छन् । पार्टीभित्रको लडाईका कारण संसद अवरुद्ध हुदा एमसिसीमार्थी छलफल टरेको विपक्षीको आरोप छ । सत्ताको लागि जे पनि गर्न पछि नहट्ने नेपाली राजनीतिको कुटु सत्यलाई पुष्टि गर्न नेकपा पार्टी र यसको नेतृत्व पंक्तीनै फेरि खडा भएको छ । कुनैवेला प्रम स्व कृष्णप्रसाद भट्टराईलाई तत्कालिन पार्टी सभापति गिरिजा प्रसाद कोईरालाले गरेको सत्ता संघर्षकै झल्को दिने गरि शुरुभएको प्रम ओली र प्रचण्डबीचको लडाईले प्रधानमन्त्री फेरिने र सरकार अस्थिर रहने कुराको पुनरावृत्ति गराउने छ । कोरोना महामारीबाट नागरिकलाई कसरी बचाउने र यसका कारण भविश्यमा पर्ने आर्थिक संकटबाट मुलुकलाई कसरी जोगाउने भन्ने छलफलको सट्टा पार्टीभित्रै सत्ताको लागि चरम चलखेलले झन डरलाग्दो अवस्था सृजना गरिदिएको छ । अस्थिर सरकारबाट पार पाएको बुझेका जनता पुन निराशावादी हुनथालेका छन् ।