रियलखबर ११ जुलाई भारतका प्रसिद्ध कलाकार अमिताभलाई कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । मुम्बईस्थित नानावती अस्पतालमा कोरोना परिक्षण गर्दा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको हो । अमिताभले आफुलाई कोरोना पोजेटिभ भएको रिपोर्ट आफ्नो टुईटरमार्फत सार्वजानिक गरेका थिए ।
त्यसपछि उनले आफ्ना परिवारका सदस्य र कर्माचारीहरुको पनि स्वास्थ्य परिक्षण गरिएको तर उनीहरुको रिपोर्ट आउन बाँकी रहेको खबर छ । उनले आफु र आफ्नो परिवारको सम्पर्कमा आएकाहरुलाई पनि कोरोना परिक्षण गर्न सल्लाह दिएकाछन् ।
एजेन्सी
© 2020 Realkhabar.com. All Rights Reserved || Developed by: Isoft