नायकहरुका पनि नायक अर्थात महानायक राजेश हमाल

२०७७ असार ३१ गते ३:११ Realkhabar

भोला आचार्य-
नेपालका प्रसिद्ध कलाकार राजेश हमालले अभिनय गरेको साथी चललित्र मैले हेरेको पहिलो चलचित्र हो । मेरो गाउ चौरजहारी, रुकुममा चलचित्र हेर्ने सुविधा थिएन । एसएलसी पास भएपछि उच्च शिक्षा पठ्न काठमाडौ आएको वेला उक्त चलचित्र हेर्ने मौका मिल्लो । २०५५-५६ सालतिरको कुरा हुनुपर्छ, जमलस्थित विश्वज्योति हलमा मेरो दाई र उहाँका साथीहरुसँग गएको थिए चलचित्र हेर्न । पहिलो पटक चलचित्र हेर्न पाएकोमा म निकै एक्साईटेड थिए । चलचित्र वगिरहेको थियो । एउटा दृष्यमा अभिनेत्रि करिष्मा मानन्धरलाई गुण्डाहरुले दुव्यवहार गर्ने प्रयासमा रहेको वेला अन्तमा राजेश हमाल देखापर्छन । अभिनेत्रि माननन्धरलाई गुण्डाहरुबाट छुटाउन भिड्ने क्रममा उनले निकालेको आवाजसँगै मैले पनि उत्तेजित भएर आवाज निकालेछु । छेउमा बसेका दाजु र साथीहरुले के भयो भनेर सोधेपछि बल्ल मलाई थाहाभयो मैले जोडले आवाज निकालेछु । गुण्डाहरुको आक्रमणबाट एउटा युवतिलाई बचाउनको लागि गरेको हमालको अभिनयमा म भावनामा वगेर त्यसो गरेको थिए । चलचित्रमा राजेश हमालको अभिनयले मलाई नछोएको भए सायद मेरो आवाज त्यसरी निक्लदैनथ्यो । जतिवेला म १७-१८ बर्षको किशोर थिए ।
पछि विस्तारै गाउमा पनि चलचित्र हेर्ने सुविधा हुन थाल्यो । छुट्टीको वेला काठमाडौबाट गाउमा जाँदा धेरै किशोरहरु लामो कपाल पालेका देखिन्थे । पछि बुझ्दा चलचित्रमा हमालको कपाल देखेपछि नक्कल गर्दै उनीहरुले कपाल पालेका रहेछन् । उनको कपालमात्र होइन वोल्ने शैलीको नाटक गरेको पनि भेटिन्थ्यो । उनको वाहिरी हुलियामात्र होइन उनले चलचित्रमा वोकेको सन्देसले पनि छोएको देखिन्थ्यो मेरो गाउघरमा । यो परिवर्तन या प्रभाव मेरो गाउमा मात्र सिमित थिएन । देशभरिनै रहेको पत्रपत्रिकामा पढन पाइन्थ्यो ।
काठमाडौंमा आईसकेकोले मैले उनका अरु चलचित्रहरु पनि हेरेको छु । आर आर क्याम्पसमा पढिरहेको म कक्षा छोडेर साथीहरुको साथमा चलचित्र हेर्न हलमा पुग्थे । हमाल बाहेक अन्य कलाकारहरुले अभिनय गरेका चलचित्रहरु पनि हेरको छु । मनोरन्जनको लागि केहि त हिन्दी चलचचित्रहरु पनि हेरियो । काठमाडौ आईसकेपछि चलचित्र हेर्ने मात्र होइन आमसन्चार माध्यमहरुमा लेखिएका सामाग्रिहरु पढेर कलाकारको विषयमा लेखिएका सामाग्रि पढेर उनीहरुका बारेमा थाहा पाईन्थ्यो । राजेश हमालले पहिलो पटक अभिनय गरेको चलचित्र युगदेखी युगसम्म रहेछ । म काठमाडौ आउनुपूर्व उनी चलचित्र क्षेत्रमा सुपरस्टार भैसकेका रहेछन् । त्यसपछि उनका पछिल्ला चलचित्रहरु पनि भ्याएसम्म हेरेर दशकअघि अमेरिका आईपुगेको हुँ । नेपाल छँदा मिडिया पेशासँग जोडिएकोले चलचित्र क्षेत्रको विषयमा पनि केहि जानकारी राखिन्थ्यो । त्यसक्रममा राजेश हमालको विषयमा पनि जानकारी लिने कुरा सामान्य कुरा नै हुन्थ्यो । उनका चलचित्र हेरेपनि उनको बारेमा बुझेपनि नेपाल छँदासम्म उनीसँग भेटले मौका जुरेको थिएन ।
अमेरिकामा राजेश हमालसँग २०१५ मा भेटभयो ।आफु आवद्ध अमेरिकामा रहेका पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ, नेजाले पत्रकारहरुको सहयोगको लागि न्युयोर्कमा एउटा मनोरन्जनात्मक कार्यक्रम “नेजा नाइट” आयोजना गरेको थियो । न्युजर्सीमा आफ्ना दिदीभिनाजूको निवासमा बसिरहेका थिए हमाल । अदालतमा जरुरी काम परेकोले हमालका भिनाजु कानून व्यवसायी आदरणिय खगेन्द्र जिसीले उनलाईलाई रिसिभ गर्नका लागि मलाई अनुरोध गरे । म हमाललाई लिन न्युजर्सी पुगे । न्युयोर्क आउन्जेल हामी बाटोमा कुराकानी गर्दै आयौं । चलचित्र क्षेत्र र आयोजित कार्यक्रमको विषयमा भन्दा हमालले देशको परिस्थितिको बारेमा गरेको कुराकानीले मलाई आकर्षित गरयो । त्यसपछि उनलाई मैले एउटा कलाकारको रुपमा मात्र हेरिन । उनी वौद्धिक हिसावले कलाक्षेत्र बाहेकको पनि हैसियत राख्ने व्यक्ति हुन भनेर मैले चिन्न थाले ।
पछिल्लो समयमा उनलाई चिनिने महानायकको परिचयमा कलाक्षेत्रकै व्यक्तिहरुले आपत्ती जनाएको कुरा सुनिन थालेका छन् । यसअघि नायक भुवन केसि र उनलाई तुलना गरेर र पछिल्लो पटक कलाकार दिपाश्री निरौलाले वोलेको कुराहरुको आधारमा । हमाल शैक्षिक योग्यता र आफ्नै व्यक्तित्वको हिसावले मात्र होइन उनले करिव ३ दशकसम्म चलचित्र क्षेत्रमा एकक्षत्र राज गरेको आधारमा दर्शकदिर्घाबाट उनलाई महानायकको सम्मान दिईएको बुझिन्छ । कुनै औपचारिकता नभएर धेरैको भावनामा महानायक बनेर बसेको पाईन्छ । यो परिचयले पनि न्याय दिएकोले धेरैले महसुस गरेको र उनलाई महानायक नै भनेर चिन्न थालेका छन् । कलाकारहरुबीचमा प्रतिश्पर्धा हुनु सामान्य मानिन्छ । तर खासमा महानायकको परिचयभन्दा पनि माथी लाग्छ राजेश हमालको अस्तित्व । स्वस्फुर्त भावनाले दर्शकले उनलाई दिएको परिचय हो जस्तो लाग्छ महानायक सम्मान । चलचित्र। क्षेत्रमा उनको त्याग, समर्पणले यो परिचय दिएको हुनुपर्छ । त्यसैले धेरैले उनलाई महानायकको हिसावले हेर्दा न्यायपूर्ण ठान्दै गएका छन् । त्यसमा पनि उनको व्यक्तित्व र आजसम्म उनले गरेका काम व्यवहारले उनलाई महानायक भन्दा नसुहाएको छैन । यसको अर्थ अरुले कुनै योगदान नदिएको भन्ने अर्थमा बुझ्नु हुदैन । भुवन केसीले कलाक्षेत्रमार्फत समाजलाई दिएको योगदान महत्वपूर्ण छ । त्यसैगरि दिपाश्रीले धनिया परिचयदेखी पछिल्लो समय चलचित्रको अभिनयसम्म आईपुग्दा उनको योगदानको पनि कदर गरेकै जस्तो लाग्छ । उनले हात हालेका चलचित्रहरुले दर्शकहरुको मन जित्नु उनीप्रति गरिएको सम्माननै हुनुपर्छ । दर्शकदिर्घाको कित्ताबाट हमाललाई दिइएको महानायक पनि एक सम्मान हो भन्ने लाग्छ ।
चलचित्रमा अभिनय कम हुदै गएपछि हमाल विभिन्न स्टेज शो र फिलान्थ्रोपिकको भूमिकामा देखिन्छन । लोकप्रिय अभिनेत्री मनिषा कोईरालासँग हमालले चलचित्रमात्र खेलेका छैनन पछिल्लो समय गाउ गाउमा गएर देश बुझ्ने गरेका मिडियामा देखिन्छ । पछिल्लो साहित्य सम्मेलनमा अभिनेत्री मनिषा कोईराला र हमालको कुराकानी पनि कम सन्देशमूलक छैन । हमालले खेलेका चलचिलत्रहरुले मात्र होइन उनले विभिन्न स्टेज शो, अन्तर्वार्ता लगायतका भूमिकाले समाजमा छुट्टै सन्देश पुगिरहेको हुन्छ । उनको वारेमा लिईएका धेरै अन्तर्वार्ताहरु याद नभएपनि प्रसिद्ध पत्रकार बिजयकुमार पाण्डेले लिएको अन्र्तवार्तामा उनको महानायकको क्षमता र योग्यता पनि बुझन सकिन्छ । चलचित्र क्षेत्रमा उनको त्याग र समर्पण छ । यो क्षेत्रमा लागेर केहि हुदैन भन्ने मान्यता उनले वदलिदिएका छन् । यो सन्देश स्थापनाका लागि हमाल आफ्ना पीतासँग पनि दुरी कायम गरेर बसे । परिवारसँग मात्र लडेनन उनी सिंगो देशको अन्याय अत्याचारसँग लडे चलचित्रमार्फत । यसरी नै एकक्षत्र राज गरिरहे चलचित्र क्षेत्रमा झण्डै तीनदशकसम्म । यहि योगदानले उनलाई श्रदेय बिजयकुमारकै शव्दमा नायकहरुका पनि नायक अर्थात महानायक बनायो । त्यहि योगदानको कदरस्वरुप हमालले महानायकको परिचय वनाएका हुन् । उनलाई महानायक भन्ने नभन्ने, मान्ने नमान्ने फरक मत पनि हाम्रै समाजको अर्को पाटो हो । हेर्ने र बुझ्ने दृष्टिकोणहरु एउटै नहुनसक्छन् । तर फरक मतहरु अल्पमतमा पर्नुले नै हमाललाई महानायककै सम्मानको निरन्तर परिचयलाई स्थापित गरिरहेको छ ।