टेक्सासमा ३ जनाको मृत्यु

२०७७ साउन १ गते ०:०७ Realkhabar

रियलखबर १५ जुलाई,  टेक्सासस्थित केनेल निवासी रुकुमका २६ बर्षिय पारस खड्का आफ्नै अपार्टमेन्टमा मृत अवस्थामा फेला परेका छन् । हिजोराती डोरी घाँटीमा वाधिएको अवस्थामा खडका भेटिएका थिए । कोरोनाको कारण उनी काममा गएका थिएनन् । सँगैवस्ने साथीहरु काममा गएको मौकापारी उनले डोरीको पासो लगाएर आत्महत्या गरेको वताईएको छ । ४ बर्षअघि खड्का डाइभर्सिटी भिषामा अमेरिका आएका थिए ।


त्यसैगरि  गत जुलाई ९ गते यहाँ स्थित फोर्टवर्थस्थित एक तालमा डुवेर १९ बर्षिय हिकारु गैतम र त्रिशरण खत्रिको मृत्यु भएको थियो । माछा मार्न गएका उनीहरु तालमा डुबेर मृत्यु भएको पारिवारिक स्रोतले वताइएको छ ।