अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा नयाँ कार्यसमिति चयन

२०७७ साउन ५ गते १८:३५ Realkhabar

अध्यक्षमा माइला, बरिष्ठ उपाध्यक्षमा पूजा र महासचिवमा वाग्ले

रियलखबर २० जुलाई,  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा नयाँ कार्यसमिति चयन भएको छ । भर्खरै सम्पन्न समाजको निर्वाचनबाट केन्द्रिय समितिमा अध्यक्षमा प्रकाश पौडेल ‘माईला’, बरिष्ठ उपाध्यक्षमा गोवर्धन पुजा र बरिष्ठ उपाध्यक्षमा सर्वज्ञ वाग्ले आएका छन् ।
त्यसैगरि क्षेत्रिय उपाध्यक्षहरुमा राजेन्द्र श्रेष्ठ, बाबा बस्नेत, सुनिल संगम र राजेश बुढाथोकी रहेका छन् । कोषाध्यक्षमा कृष्णाकुमार गिरी र सचिवमा विमला निरौला रहेका छनभने सदस्यहरुमा तारा अधिकारी, दीप पाठक देवेन्द्र, रेणुका बस्नेत थापा, प्रमोद सारंग र निजानन्द मल्ल निर्वाचित भएका छन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय निर्वाचनका प्रमुख निर्वाचन अधिकृत डा. चुडामणि खनाल (तिर्थराज पाण्डे, पुष्पा खनाल, विजयराज भट्टराई, कुमार सिम्खडासहित) को निर्वाचन समितिले जुम प्रविधिमार्फत समाजको निर्वाचन सम्पन्न गरेको छ । अध्यक्षमा प्रकाश पौडेल “माइला”; उपाध्यक्षहरूमा राजेन्द्र श्रेष्ठ, बाबा बस्नेत, सुनिल संगम र राजेश बुढाथोकी; कोषाध्यक्षमा कृष्ण कुमार गिरी निर्विरोध निर्वाचित भइसकेका छन् । बरिष्ठ उपाध्यक्ष गोवर्धन पूजाले ७५५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी लालगोपाल सुवेदीले ३९७ मत प्राप्त गरेका छन् ।
त्यसैगरि महासचिव वाग्लेले ६६८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी स्पन्दन विनोदले ४ सय ५२ मत प्राप्त गरेका छन् । सचिवमा  निरौला ७५७ मत ल्याएर विजयी भएकी छिन् भने प्रतिद्वन्द्वी प्रेमप्रसाद भट्टराईको ३४८ मत आएको छ ।
अनि सदस्यहरूमा पाठकदेवेन्द्र, अधिकारी,  बस्नेत थापा, सारंग र मल्लले क्रमशः ८२६, ६२८, ६२८, ५८८, ५७१ मत ल्याएर विजयी भएका छन् । कूल २१८१ आजीवन सदस्यहरू मध्ये १२१४ मत खसेका थिए ।