भदौ १ बाट अन्तराष्टिय हवाई सेवा सूचारु हुने

२०७७ साउन ५ गते २३:०२ Realkhabar

रियलखबर, कोरोनाको महामारीको असरले पाँच महिनादेखी बन्द भएको अन्तराष्टिय हवाई सेवा खुल्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान भदौ १ गतेबाट सूचारु गर्ने संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । पर्यटन मन्त्रालयले अन्तराष्टिय हवाई सेवा शुरु गर्नका लागि हवाई उडानसम्बन्धी नियम वनाउनेछ ।
नेपाल सरकारले कोरोनाको संक्रमण फैलिन नदिनका लागि गत चैत्र ९ देखि अन्तराष्टिय उडान र ११ गतेदेखि आन्तरिक उडान रोक्ने निर्णय गरेको थियो । जेठ २६ बाट सरकारले लकडाउन खुकुलो गरेपनि हवाई सेवा सन्चालनमा थिएन । पछिल्लो समयमा विदेशबाट नेपाल फर्किनेहरुले चाटर्ड उडानमा यात्रा गर्दै आएका थिए । अबभने नियमित उडानहरुबाट यात्रा गर्ने अवसर मिल्नेछ । तर नेपालले आफ्नो तर्फबाट अन्तराष्टिय हवाई सेवा सूचारु गरेपनि अन्यदेशले आ आफ्नो अनुकुलमा उक्त सेवालाई अपनाउनेछन् ।