अक्सफर्ड विश्वविद्यालयद्धारा गरिएको कोरोना खोप परीक्षण सफल

२०७७ साउन ५ गते २३:४५ बिबिसी

ब्रिटेनस्थित अक्सफर्ड विश्वविद्यालयले विकसित गरेको कोरोनाभाइरस विरुद्धको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ । एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा सो खोप लगाएकाहरूको शरीरले कोरोनाभाइरसविरुद्ध लड्न सक्ने एन्टीबडी र टि-सेलहरू बनाउन सकेको ल्यान्सेट मेडिकल जर्नलमा सोमबार प्रकाशित भएको छ ।

यी परिणामहरू एकदमै सकारात्मक छन् तर कोरोनाभाइरसको सङ्क्रमणविरुद्ध सुरक्षा प्रदान गर्न यो पर्याप्त छ कि छैन भनेर थाहा पाउन समय अझै पुगेको छैन । यूकेले उक्त खोपको १० करोड मात्रा पहिले नै हासिल गर्न माग गरिसकेको छ । अर्को चरणको परीक्षण बेलायत, अमेरिका, दक्षिण अफ्रिका र ब्राजिलका ४७ हजार व्यक्तिमा गरिनेछ ।