दुईदशकअघि उच्चशिक्षाको लागि विद्यार्थीको रुपमा अमेरिका छिरेका रामेछापका पासाङ लामाले काम गर्दै पठन पाठनलाई अगाडी । सामान्य कामहरुबाट अध्ययनसँगै जिविको पार्जन गर्दै हिडेका उनले २००४ मा व्यवसायमा हात हाले । २०१९ सम्म आईपुग्दा सयभन्दाबढि कन्भिनेन्स स्टोर अर्थात सिस्टोर (जसलाई ग्याँस स्टेसनको नामले पनि चिनिन्छ) विस्तार गर्न सफल भए । २०२० सम्म आईपुग्दा उनले सन्चालन गरेको क्विक ट्रयाक नामक कम्पनी अमेरिकाव्यापी सिस्टोर सन्चालन गर्नेहरुमा १०० औं स्थान भित्र पर्न सफल भएको छ । अमेरिकाव्यापी सिस्टोरहरुको सर्बेक्षण गर्ने सिस्टोर म्यागेजिनले उनीद्धारा सन्चालित क्विक ट्रयाकलाई ७२ स्थानमा राखेको छ । उनको यो सफलताले धेरैलाई विशेषगरि प्रवासमा रहेका नेपालीहरुलाई गर्वको महसुस गराएकोछ । उनको यो सफलतासँग जोडिएको उनको संघर्षको कथा यस्तो छ । –
आफु २ बर्ष हुँदा रामेछापबाट काम खोज्दै बुवाआमासँगै धरान झरेको उनलाई पासाङलाई थाहा छ । धरान झरेपछि उनको परिवारले जिविको पार्जनका लागि ढुगा, गिट्टी कुट्ने कुल्ली काम शुरु गर्यो । केहि समय आफैले ढुगा गिट्टी कुट्दै गरेका उनीहरुले आफनो मातहतमा अरु मान्छेहरुलाई पनि सहभागी गराउन थाले । त्यतिवेला धरान धनकुटा सडक वनाउने योजनामा सरकार लागिरहेको थियो । पासाङका बुवाले धरानबाट धनकुटाजोडने वाटो वन्ने काममा काम पाए । साथीहरुलाई नेतृत्व गर्दै उनी त्यसमा लागे । परिवारले पनि त्यसमा सघाउदै थयो । धरानलाई सडक यातायातले छोएपनि धनकुटामा सडक पुगेको थिएन । सडकमा स्याउलाको घर वनाउदै वाटो विस्तार गर्दै उनका बुवाले संघर्ष थाले । उनले केहि सहयोगीहरुको साथमा ४ बर्ष लगाएर बाटो धरानबाट धनकुटा पुग्यो । यसरी संघर्षगर्दै क वर्गको निर्माण व्यवसायी बने उनका वुवा । सघर्षको सफलतासँगै उनको परिवारको जिवनस्तर माथिमात्र उठेन उनको परिवार धनाड्य परिवारको रुपमा चिनिन थाल्यो । पासाङ सम्झिन्छन, उनी सात कक्षामा पढ्दा उनको वुवाले चढ्ने ल्याण्ड रोभर गाडी चढ्ने गर्दथे । उनी त्यहि गाडी चढेर स्कुल गएको उनी गएका थिए । काम गरेपछि सफलता मिल्छ जसका लागी अनवरत संघर्ष गर्यो उनको परिवारले । तर वन्नजति समय लाग्यो विग्रन क्षणभरमै लागेन । प्रजातन्त्रको उदयसँगै व्यवस्था परिवर्तन भयो । दिनरातको संघर्षबाट ठड्याएको महल ढल्यो । नवराज सुवेदी लगायतका तात्कालिक केहि नेताहरुको संगतमा उभिएको लामा परिवार मण्डलेको आरोपमा उनीहरुलाई सरकारले लखेटेपछि त्यसको घानमा लामा परिवार पनि पर्यो । व्यवस्था परिवर्तनसँगै पुरानाको श्रीसम्पत्ती नयाँले खोस्ने चलन थियो । पुरानो व्यवस्थाको जरो उखेल्ने हाम्रो संस्कार अन्तर्गत नयाँ प्रजातन्त्र आएपछि पुरानो व्यवस्थासँगको साईनो भएकाहरु सडकमै आए जसमा लामा परिवार पनि थियो । लामा परिवारले हाँसिल गरेको सवै सुविधामा सरकारले प्रतिवन्ध लगायो । बचेको जायज्यथा पनि बैैंकले लिएर गयो । कृषि विकास वैंकमा रहेको ऋण तिर्न भएको सवै दिदा पनि पुगेन । लामाको परिवार पहिलेकै ठाउमा आईपुग्यो अर्थात जिरोमा । यतिखेर घरमा टेलिफोनको घण्टी बज्दा वुवाआमाको झगडा भएको पासाड सम्झन्छन, “फोन आउन साथ बुवा आमाको अनुहारको कान्ति भंग हुन्थ्यो । उनीहरुको झगडा हुन्थ्यो ।” यो देखेर पासाडको निकै मन छिया छिया हुन्थ्यो । यसले उनको किशोर मनोविज्ञानमा ठूलो असर पर्यो । अव उनले पैसा भन्दा ठूलो संसारमा केहि रहेनछ भनेर सोच्न थाले । संसारले नमस्ते गर्ने हिजोको कुरा ठीक उल्टो भएको उनले आफ्नै आँखा अगाडी देखे । १६ बर्ष लागेका उनले पैशाको ताकतलाई नजिकबाट महसुस गर्न थाले । हुँदा र नहुदा आफन्तहरुले गर्ने व्यवहार पासाडले नजिकबाट अनुभव गरे । त्यसपछि सोच्न थाले, “एनिहाउ पैशा कमाउ ।” पैशा नहुदा वुवाको साथीहरुले हेपाहाको दृष्टिले हेर्ने थाले । विकल्प खोज्नेक्रममा उनी प्लस टु सकेर अमेरिका पुग्ने सपना देख्न थाले । एकातिर भिषा लगाउन पनि गाह्रो नै थियो । प्रयास गर्दा भाग्यवस भिषा पनि लाग्यो तर हवाई खर्चको पीरले सताउन थाल्यो । गुहार गर्दैजाँदा एक जना साथीले हजाई खर्च जुटाईदियो ।
हवाई जहाज चढ्ने ऋणबोकेर अमेरिकामा आएपनि उनलाई शुरुमा यहाँ टिक्न सजिलो थिएन । अमेरिका आउदा बुवाको साथीबाट लिएको दुईलाख र घरको रिनले उनलाई काम गर्नैपर्ने वाध्यता थियो । त्यसो त पैशाको शक्तिलाई उनले नेपालमै तौलिसकेका थिए । अमेरिकाको टेस्सासमा आएका उनी भोलीपल्टै
कामको खोजीमा निस्के । उनी काम खोज्न दिनभर भौतारिरहन्थे । भाग्यवस उनले सिसिज् पीजा रेष्टुरेन्टमा काम पाए । काम पाएपछि भगवान भेटेको महसुस गरे । पैसा वन्ने ठाउ भेटियो भनेर काममा निकै मेहनत गरे । साहुको नजरमा वेस्ट वर्कर भएपछि धेरैसमय कामगर्न थाले । उनी दिनको २२ घण्टा काम गर्न थाले । इमान्दार भएर राम्रो काम गरेपछि अवसर पनि रामै्र हातपर्छ भन्ने सुनेका उनले सेभेन इलाभेन स्टोरमा रातिको काम पाए । रातिको काम पाउन सजिलो पनि थियो र उनले राति १० देखी विहान ६ बजेसम्मको काम पाए । त्यहाँ पनि उनले निकै मेहनतका साथ काम गरे । उनको म्यानेजमेन्ट विषयको दुईबर्षे कलेजको पढाई पनि सकिसकेका थिए । वेष्ट वर्कर वन्ने उद्देश्यले उनले निकै इमानदारीकासाथ काम गरे । कामका लागि “एनिटाइएम” उपलव्ध हुने वताएपछि साहु निकै खुशी भएको उनी सम्झन्छन, “वंगाली साहु थियो । यो सुनेर उ स्वर्गमै पुगेको जस्तो महसुस गर्यो । काम देखेर आफ्नो फ्यानै भएको थियो ।”
साहु खुशी भएरै पासाडलाई सहायक मेनेजरको जिम्मेवारी दिए । झन मेहनत गर्न थाले । एकबर्षभित्रै उनी म्यानेजर बने ।
एकदिनको कुरा हो । नियमित ग्राहकको रुपमा उनी काम गर्ने ठाउमा आएर इजिमार्ट नामक वहुराष्टिय कम्पनीको साहुले आफुसँग काम गरे वढि पैशा दिने भन्दै कामको प्रस्ताव राख्यो । अवसरकोरुपमा लिदै पासाडले नयाँ ठाउमा अर्थात इजिमार्टमा काम थाले । साहुलाई चाहिने नो ओभर टाईम, हिसाव कितावको घाटारहित विवरण र स्टोर सफा खाख्ने जस्ता आधारभूत कुराहरुलाई ध्यान दिदै काम गरेपछि उनी वेष्ट मेनेजर भएर साहुको मन जिते । मेजेजरबाट उनी छिट्टै सुपरभाईजर वने । उनको जिम्मेवारी वढेर आयो । अव उनले दर्जन स्टोरहरुको जिम्मेवारी सम्हाल्न थाले । काममा आत्मविश्वास बढ्दै गएपछि आफैले व्यवसाय गर्ने सोच्न थाले । काम गर्दाको अनुभवले उनको दिमागमा सेभेन इलाभेन र इजिमार्ट जस्तै एउटा व्यवसाय गर्नसक्ने “आईडिया” फुर्यो । यो व्यवसायको लुपहोल पनि थाहा भएकोले उनलाई केहि गर्नसक्ने लाग्यो । कर्माचारी भर्नाको झन्झट, काम गर्ने मान्छेले राम्रो काम नगर्दिने, सामान स्टक नहुदा पुन प्राप्त गर्न एक हप्ता लाग्ने र ग्राहक गुम्ने जस्ता कर्पोरेटका सुधार्न सकिने कमजोरीहरुलाई आधार मानेर उनले आफैले स्टोर खोल्ने निधो गरे । उनले काम गरेका सेभेन इलाभेन र इजिमार्टमध्ये सेभेन इलाभेनमा धेरै लुपहोल देखेकोले सेभेन इलाभेन खोल्ने निर्णय गरे । यतिखेर उनी इजिमार्टमा काम गर्दै थिए । उनीसँग जम्मा १० देखी १५ हजार डलर थियो । अव उनले थप काम गरेर पैसा जम्मा गर्न थाले । सुपरभाईजर भएकोले इजिमार्टमा ४० घण्टाभन्दा वढि घन्टा पाइदैनथ्यो र वाहिर गर्न पनि पाईदैनथ्यो । तर उनले लुकेर वाहिर काम गर्न थाले । यसरी उनले झण्डै एकबर्ष काम गरेर पैसा जम्मा गर्दै गए ।
२००४ को कुरा हो । आफुले काम गरेको सेभेन इलाभेनको नजिकै अर्को कर्नरमा एउटा वन्द भएको स्टोरलाई मर्मत गर्दै स्टोरको आकार दिए र राखे लामा पासाड अर्थात एलपी फुडमार्ट । सामान सस्तो भएपनि सेभेन इलाभेनको अगाडी उनको स्टोर थोत्रो देखिन्थ्यो । सामान महंगो भएपनि चिटिक्क देखिने सेभेन इलाभेनमा वानी परेका ग्राहकहरुलाई आफुतिर तान्न शुरुमा हम्मे हम्मे पर्यो । विस्तारै सेभेन इलाभेनमा आएका ग्राहकहरुका पार्किड गरेका गाडीहरुमा सस्तो मुल्यका आफ्ना उत्पादनका पर्चाहरु राखेर विज्ञापन गर्न थाले । गरे के हुन्न र । विस्तारै ग्राहकहरुलाई आफुतिर तान्न थाले । एकबर्षमा उनले सेभेन इलाभेनको आधी व्यापार आफुतिर तानेपछि केहिसमयपछि सेभेन इलाभेन स्टोर वन्द हुने अवस्थामा पुग्यो । यसले पासाडको आत्मविश्वास झन वढ्न थाल्यो र उनले वन्द भएको सेभेन इलाभेनलाई किनेर पुन सन्चालन गरे दोस्रो स्टोरकोरुपमा । यसरी शुरुभयो उनको क्युइक ट्रयाक व्यवसायको यात्रा । डलासबाट शुरुभएको क्युइक ट्रयाकको यात्रा टेक्सास, न्युमेक्सिको र अरकन्साससम्म फैलिएको छ । आफ्नै स्वामित्वमा ८० भन्दाबढि सिस्टोरहरु सन्चालनमा छन भने यस कम्पनीको व्यवस्थापनमा सयभन्दाबढि स्टोरहरु सन्चालनमा रहेको पासाड वताउछन् । पछिल्लो सफलताबाट निकै खुशि देखिएका पासाड आगामी दिनमा थप सफलताको सघर्षका लागि तयार हुने वताउछन । आफ्नो छुट्टै व्रान्डलाई स्थापित गर्ने उद्देश्यले अगाडी बढिरहेका उनी अझै भविश्यमा ३, ४ सय स्टोरहरु सन्चालन गर्ने योजना सुनाउछन । मल्टाइमिलिनियर पासाडको १४ वटा क्षेत्रमा लगानी रहेको वताउछन् । यसै व्यवसायसँग अन्तरसम्वन्धित व्यवसायहरु जस्तै रियल स्टेट, ग्यास, ग्रोसरी उत्पादन, फाईनान्स, इन्सुरेन्स लगायतका व्यवसायमा उनको लगानी रहेको छ । उनले पाएको सफलताले यहाँका नेपालीहरुलाई ठूलो हौसला पुग्ने विश्वास गरिएको छ ।
२०९७ मा अमेरिका आएका पासाडले २००७ सम्म २२ घण्टा काम गरेको वताउछन । ४ देखी ५ घण्टामात्र सुत्ने उनको त्यो वानीले अहिले पनि निद्रा लाग्दैन भन्छन । त्यतिखेर वाध्यता थियो अहिले वाध्यता नभएपनि निद्रा लाग्दैन । उनका लागि काम नशाजस्तै भैसक्यो । उनी भन्छन्, “मैले गफ लगाएको होइन भेकेसन मनाउनै सक्दिन । साथीहरु लोभ भएर काम गरेको भन्छन तर त्यो होइन । दिमागमै काम वाहेक केहि छैन ।” एनआरएनका पूर्व अध्यक्ष शेष घलेलाई आदर्श मान्ने उनले अरु थुप्रै प्रेरणा पात्रहरुसँग संगतमा रहेको वताउछन् । आजभोल ीभने उनी व्यवसायको कामबाट बचेको समय समाजसेवामा लगाउन थालेका छन् । युनाईटेड नेप्लिज एशोसिएसन, युएनए नामक सामाजिक संस्था खोलेर उनले समाज सेवाको यात्रालाई अगाडी वढाएका छन् । नयाँ पुस्तालाई प्राथमिकतामा राखेर अन्तराष्टियस्तरमा नेपाली समाजलाई अगाडी वढाउन खोज्ने उनको अभियान अन्तर्गत यहि मे मा न्युयार्क राज्यमा एनआरएनका पूर्वअध्यक्ष शेष घले र उनका श्रीमति जमुना घले, वर्तमान अध्यक्ष भवन भट्ट लगायत व्यक्तिहरुसहित उनी आफ्नो प्रेरणादायी जिवनका भोगाई र प्राप्तिहरुलाई नेपालीहरुमाझ बाँड्ने कार्यक्रम रहेको पनि जानकारी मिलेको छ । उनी भन्छन पैसा जति कमाएपनि पुग्दैन तर समाज सेवा मेरो रुचीको विषय पनि हो । उनको व्यवसायिक यात्रासँगै समाजसेवाको यात्रा पनि अगाडी वढोस् । शुभकामना ।
© 2020 Realkhabar.com. All Rights Reserved || Developed by: Isoft