अमेरिका, रियलखबर बरिष्ठ लोकगायक एवं अमेरिकाका लागि अवैतनिक नेपाली महावाणिज्यदूत प्रेमराजा महतलाई कोरोना संक्रमण भएको भएको छ । महतले आफुसहित जिवनसंगीनी कविता केसी महतलाई पनि कोरोना संक्रमण भएको खबर आफ्नो फेसबुकमा सार्वजानिक गरेका छन् । गत बुधबार उनले फेसबुकमा लेखेका छन्स, “मुदायका सम्पूर्ण दिदीबैनी दाजुभाई तथा ईष्टमित्रहरुमा हार्दिक अपिल । यदि हामीले समयमै सतर्कता अपनाएनौ भने विश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछुतो वनाउने वाला छैन । ध्यान राख्दा राख्दै दुर्भाग्यबस हाम्रो श्रीमान श्रीमती पनि यसबाट बच्न सकेनौ ।” आफुहरु छोरा डा सरगम महतको निरिक्षण र निगरानीमा घरमा आईसोलेसनमा बसेको उनले फेसबुकमा लेखेका छन्,
“कोरोनाको संक्रमणको समस्यामा रहेकाहरुलाई सार्वजानिक हुन अपिल गर्दै उनले भेनका छन् यदि हाम्रो परिवार बाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपया कत्तिपनि शर्मनमानिकन यो रोगलाई गोप्य नराखी समुदायलाई सु सूचित हुने मौका दिनुहुनेछ भन्ने पूर्ण विश्वासकासाथ हजुरहरुमा हार्दिक अनुरोध गर्दछु ।”
बरिष्ठ गायक एवं महावाणिज्यदूत महत र उनका जिवनसंगीनीको यो खबर थाहापाएपछि नेपाली अमेरिकी समुदाय लगायत धेरै नेपालीहरु दुखित हुदै महत दम्पतीको सुस्वास्थ्यको कामना गरिरहेको सामाजिक सन्जालमा भेटिन्छ । वाल्टिमोरमा बस्दै आउनुभएका महत विदेशमा रहेपनि नेपाली गीतसंगीतको प्रवद्धनको लागि अझैपनि क्रियाशिल देखिन्छन् । पानको पात, सिमसिमे पानिमा, सालैको पातैले जस्ता लोकप्रिय गीतहरुमा कर्णप्रिय स्वर दिएका महतको नेपाली गीतसंगीतको क्षेत्रमा दिएको योगदान अतुलनिय छ । पछिल्लो समय विदेशमा बसेपनि यहाँ वस्ने विशेषगरि अमेरिकामा वस्ने धेरै नेपालीहरुको दुखसुखमा साथ दिएकोले उनलाई निकै सम्मानकोरुपमा हेरिन्छ । रियलखबर परिवार महत दम्पतीको सुस्वास्थ्यको कामना गर्दछ ।
© 2020 Realkhabar.com. All Rights Reserved || Developed by: Isoft