रियलखबर, युवा लेखक राजन थपलिया हालै भारतका पूर्वराष्ट्रपति डा. एपिजे अब्दुल कलाम ट्रस्टद्धारा सम्मानित भएका छन् । अमेरिकाको न्युयोर्कनिवासी थपलियाले नेपाल, भारत लगायत एसियाली आप्रवासीहरुलाई अंग्रेजी भाषा अनुवादमा सहयोग गरेको र उनीहरुको दविएको आवाजलाई अन्तराष्टिय मिडियामार्फत वुलन्द गरेकोमा उक्त सम्मान दिएको हो । उक्त सम्मानबाट आफु निकै उत्साहित भएको वताउदै लेखक थपलियाले आफ्नो कलममार्फत आप्रवासीहरुको दविएको आवाजलाई अन्तरष्टिय समुदायमाझ राख्दैजाने वताए ।
अंग्रेजी भाषामार्फत नेपाललाई अन्तरष्टिय समुदायसँग जोडिरहेका लेखक थपलियाका दर्जनबढि पुस्तक प्रकाशित भैसकेका छन् । उनले मानवताको विषयलाई केन्द्रमा राखेर पुस्तहरु प्रकाशन गरेका छन् । केहि समयअघि उनको १०० प्रसेन्ट जिवन नामक पुस्तक सगरमाथाबाट विमोचन गरिएको थियो । उनले लेखेको कविता “Mystic Nepal” नेपालमा कक्षा ६ को अंग्रेजी पाठ्यक्रममा राखिएको छ । लेखक थपलिया विश्वचर्चित फोव्स मिडियामा पनि आवद्ध छन् ।
© 2020 Realkhabar.com. All Rights Reserved || Developed by: Isoft