“एनआरएनए ग्लोवल स्पिच कन्टेस्ट २०२०” विजेता म्यानमारकी अभिलासा

२०७७ साउन २७ गते २२:३८ Realkhabar

रियलखबर गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको एसिया प्रशान्त क्षेत्र, युवा विभागले आयोजना गरेको बक्तृत्वकला प्रतियोगिताको पहिलो उपाधी म्यानमार निवासी अभिलासा खतिवडाले हात पारिन । राष्टका लागि मेरो सपना नारा दिईएको “एनआरएनए ग्लोवल स्पिच कन्टेस्ट २०२०” नामक वक्तृत्वकला प्रतियोगितामा २९ देशका ६१ जना प्रतिश्पर्धीहरुलाई उछिनेर खतिवडाले सो पुरस्कार जितेकी हुन् । गत आईतबार आयोजित प्रतियोगितामा रसियाकी समिरा केसीले दोस्रो र बेलायतकी टिया आचार्यले तेस्रो स्थान हाँसिल गरेका थिए । त्यसैगरि चौंथो उपाधी साउदी अबरकी जस्मिन सायद र नाईजेरियाकी सुहिम थापाले जिते भने सान्तोना पुरस्कार थाईल्याण्डकी दंग तिमिल्सीनाले प्राप्त गरेकी थिईन ।


पुरस्कारको राशी क्रमश प्रथम १ लाख, दोस्रो साठी हजार, तेस्रो चालिस हजार रुपैया नगद र प्रमाणपत्र रहेको थियो भने अन्य प्रतियोगीका लागि प्रतिप्रतियोगी ३० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । एनआरएनएका अध्यक्ष कुमार पन्तले नेपाल वाहिर ८० लाख नेपालीहरु रहेको वताउदै यसप्रतियोगिताले नेपाल वाहिर रहेको दोस्रो पुस्तालाई नेपालसँग जोडने विश्वास व्यक्त गरे । उक्त प्रतियोगीताको निर्णायक मण्डलमा भूषण दाहालसहित प्रकाश सायमी, समा थापा, सन्दीप क्षेत्री, सदीक्षा श्रेष्ठ रहेका थिए ।