अमेरिका, नेपाल अमेरिका पत्रकार संघ, नेजाले स्व पत्रकार बलराम बानियाको परिवारलाई ४ लाख ३१ ह्जार ९ सय ५१ रुपैयाँ सहयोग गरेको छ । गत आईतबार नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकार वानियाकोे परिवारलाई घरमा पुगेर सो रकम हस्तान्तरण गरेका हुन् ।
पत्रकार वानियाको परिवारलाई सहयोग गर्ने उद्देश्यले नेजाले आफ्ना सदस्यहरुबाट उक्त रकम संकलन गरेको थियो । महासंघका अध्यक्ष आचार्यले पत्रकार वानियाको १३ औं दिनमा उनको तनहुँ स्थित निवासमा पुगेर उनका छोरी सुस्मिता वानियालाई हस्तान्तरण गरेका थिए । अध्यक्ष आचार्यले पत्रकार वानियाको असामयिक निधनले नेपाली पत्रकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको वताउदै घटनाको निष्पक्ष छानबिनका लागि महासंघले आवाज उठाउँदै आएको र सम्बन्धित सबै पक्षसँग समन्वय र छलफल गरी सत्यतथ्य बाहिर ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा महासंघका गण्डकी प्रदेश कमिटीका अध्यक्ष त्रिभुवन पौडेल, प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, सदस्य खिलबहादुर भण्डारी, महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य लगायतको उपश्थिति रहेको थियो ।
गत साउन २६ गतेदेखि परिवारको सम्पर्कबाहिर रहेका बानियाँको शव भोलिपल्ट मकवानपुरको सिस्नेरीस्थित मान्डो जलविद्युत् परियोजनामा भेटिएको थियो ।झण्डै तीनदशकदेखी कान्तिपुर दैनिकमा कार्यरत थिए ।
उत्तर अमेरिकामा रहेका नेपाली मुलका पत्रकारहरुको साझा संस्था नेजाले घाईते एवं ज्यान गुमाएका पत्रकार र उनका परिवारलाई आर्थिक सहयोग गर्दै आएको छ ।
Photo: FNJ
© 2020 Realkhabar.com. All Rights Reserved || Developed by: Isoft