विश्वभर सङ्क्रमितको संख्या दुई करोड ४९ लाख नाघ्यो, ८ लाख ४१ हजारबढिको मृत्यु

२०७७ भदौ १३ गते २३:०८ Realkhabar

नेपालमा ३७ हजारबढि संक्रमित, २ सय ७ जनाको मृत्यु

रियलखबर २९ अगष्ट– विश्वमा दुई करोड ४९ लाख २८ हजार ७ सय ८१ जना कोरोना भाइरस सङ्क्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । उक्त संगठनका अनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट ८ लाख ४१ हजार ६ सय ८१ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । सङ्क्रमित मध्ये हालसम्म एक करोड ७३ लाख १० हजार ३ सय ७२ व्यक्ति कोरोना मुक्त भएका छन् । कोरोना भाइरस सङ्क्रमित भएका ६७ लाख ७६ हजार ७ सय २० जनाको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६१ हजार १ सय ८६ जनाको अवस्था गम्भीर रहेको डब्लुएचओले जनाएको छ ।

चीनको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ६० लाख ९६ हजार ७ सय ५६ जना कोरोना सङ्क्रमित रहेका छन् । १ लाख ८५ हजार ९ सय ६५ व्यक्तिको मृत्यु भएको छ । त्यसैगरि ब्राजिलमा ३८ लाख १२ हजार ६ सय ५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ १ लाख १९ हजार ५ सय ९४ जनाको मृत्यु भइसकेको भएको छ । त्यस्तै भारतमा ३४ लाख ६८ हजार २ सय ७२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । ६२ हजार ७ सय ५० जनाको मृत्यु भएको छ ।

रुस ३३ लाख ८५ हजार ३ सय ४६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने १७ हजार २५ जनाको मृत्यु भइसकेको छ । पेरुमा ६ लाख २९ हजार ९ सय ६१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २८ हजार ४ सय ७१ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख २० हजार १ सय ३२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार ७ सय ४३ जनाको मृत्यु भएको छ । कोलम्बिया ५ लाख ९० हजार ५ सय २० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १८ हजार ७ सय ६७ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ५ लाख ८५ हजार ७ सय ३८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६३ हजार १ सय ४६ जनाको मृत्यु भएको छ । स्पेनमा ४ लाख ५५ हजार ६ सय २१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार ११ जनाको मृत्यु भएको छ । चिलीमा ४ लाख ५ हजार ९ सय ७२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ११ हजार १ सय ३२ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमित ३७ हजारबढि हालसम्म २ सय ७ जनाको निधन
नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ३७ हजार ३ सय ४० पुगेको छ। हालसम्म २ सय ७ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २० हजार ५ सय ५५ जना निको भएर घर फर्किसकेका छन् । ६ लाख ६९ हजार ६ सय २६ जनाको पिसिआर गरिएको छ। हालसम्म क्वारेन्टाइनमा ८ हजार ३५ जना रहेका छन् भने सकृय संक्रमितको संख्या १६ हजार ५ सय ७८ रहेको छ ।