भोलीबाट एनआरएन अमेरिकाजको क्षेत्रीय भेला शूरु

२०७७ भदौ १९ गते ०:३४ Realkhabar

दोस्रो ज्ञान सम्मेलन लगायत विभिन्न फोरमहरुको आयोजना

रियलखबर, ३ सेप्टेम्बर,  गैरआवासीय नेपाली संघ एनआरएन अन्तर्गत अमेरिकाज क्षेत्रको क्षेत्रीय भेला भोली सेप्टेम्बर ३ बाट शुरु हुने भएको छ । भेलामा दोस्रो ज्ञान सम्मेलन मुख्य आकर्षण रहेको छ । ४, ५ र ६ गतेसम्म आयोजना हुने उक्त भेलाको सम्पूर्ण तयारी पुरा गरेको जानकारी एनआरएनए अमेरिकाजका संयोजक राजन त्रिपाठीले जानकारी दिए ।
संयोजक त्रिपाठीका अनुसार क्षेत्रिय भेलाको उद्घाटन परराष्ट मन्त्री प्रदीप कुमार ज्ञवालीले गर्ने तय भएको छ भने भेलामा दोस्रो ज्ञान सम्मलेन, कोभिड १९, एजुकेसन एण्ड हेल्थ फोरम, राजनीतिक फोरम, इमिग्रेशन फोरम, युवा तथा दोस्रो पुस्ता सम्मेलन, महिला फोरम, डायस्पोरा मिडिया फोरम, आईसिसी प्रोजेक्ट लगायतका विभिन्न फोरमहरुको आयोजना हुनेछ ।

भेलामा विभिन्न क्षेत्रका प्रतिष्ठित विज्ञहरुको उपश्थिति रहनेछ । कार्यक्रममा कुलमान घिसिड, बालकृष्ण खाँड, गगन थापा, घणश्याम भुसाल, पम्फा भुसाल, बन्दना राणा, योगेश उपाध्याय, किशोर नेपाल लागायतका विज्ञहरुको उपश्थिति रहेन आयोजक पक्षले जनाएको छ । ज्ञान सीपको आदान प्रदान तथा एनआरएन समुदायलाई नेपालको हितमा कसरी सहभागी गराउन सकिन्छ भन्ने विषयमा अमेरिकाजको क्षेत्रिय भेला केन्द्रित हुनेछ ।

https://bit.ly/3lJm40N