एनआरएन समुदाय नेपाल विकासको मुख्य साझेदार- परराष्ट्रमन्त्री ज्ञवाली

२०७७ भदौ २० गते २:०० Realkhabar

एनआरएन अमेरिकाजको क्षेत्रीय भेला

रियलखबर, ४ सेप्टेम्बर,  गैरआवासीय नेपाली संघ एनआरएन अन्तर्गत अमेरिकाज क्षेत्रको क्षेत्रीय भेला आजबाट शुरु  भएको छ । शुक्रबार वेलुकी ७ बजे शुरू भएको कार्यक्रमको उद्घाटन गर्दै माननीय प्रदिप कुमार ज्ञवालीले एनआरएन समुदाय नेपालको विकासको मुख्य साझेदार रहेको वताए । नेपाल सरकार एनआरएनहरूका लागी रातो कार्पेट विछ्याउन तयार रहेको वताउदै विदेशमा नेपालको राजनीतिको आधारमा विभाजित नभई मिलेर वस्न आग्रह गरे । कोभिड -१९ को महामारीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धांजलि अर्पण गर्दै महामारीबाट सुरक्षित हुन सवैलाई आग्रह गरे । संसारभर छरिएर रहेको नेपालीहरूसँग सहकार्य गर्न नेपाल सरकार सदैव तयार रहेको प्रतिद्वता व्यक्त गरे । देशलाई अन्तराष्ट्रीय समुदायमा परिचित गराउन महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । विदेशमा सिकेको  ज्ञानसीप स्रोत साधन नेपालको विकासमा लगाउने अपेक्षा नेपालले गरेको वताउदै विभिन्न अप्ठ्यारोमा जस्तै भूकम्प आउदा होस या बाढीपहिरो र कोभिड -१९ महामारीमा पनि एनआरएनहरूले गरेको सहयोगको नेपाल सरकारले सधै कदर गरिरहने वताए ।

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खॉडले एकपटकको नेपाली सधैको नेपाली भन्ने एनआरएनको नारा कहिल्यै नटुटने वताए । परिवर्तनका विभिन्न कालखण्डमा विदेशमा रहेका नेपालीहरूको महत्वपूर्ण भूमिका रहेकोले देशको राष्ट्रीयता अखण्डताको विकासमा नेपालभित्रबाट होईन विदेशमा बसेकाहरूले अहम भूमिका खेल्दै आएको र सधै भूमिका रहने विश्वास व्यक्त गरे । लोकतान्त्रिक मूल्यमान्यता र पद्धतिमा स्वयं बहुमतको सरकार  चुकेकोले विदेशमा बसेका नेपालीहरूले चासो र चिन्ता स्वभाविक भएको वताउदै एनआरएनहरूको अधिकारप्रति आफ्नो पार्टी सकारात्मक भएपनि सरकार गम्भीर नभएको आरोप लगाए ।

पूर्वमन्त्री तथा नेकपाका नेता जनार्दन शर्माले एनआरएनहरूका मुद्दामा नेकपा र सरकार गम्भीर रहेको वताउदै व्यक्तिगतरूपमा आफु गम्भीर रहेको वताए । नेपालको विकास र सजिलो अप्ठ्यारोमा एनआरएनहरूको भूमिकाको प्रसंसा गरे ।

आयोजक संस्थाका संयोजक राजन त्रिपाठीले विदेशमा बसेपनि यहॉका नेपालीहरूले सधै नेपालको चिन्ता र चासो गर्ने गरेको वताए । तर नेपालमा भैरहेको अस्थिर राजनीतिक र भ्रष्टाचार लगायतका कुराहरूले विदेशमा बसेका नेपालीहरूलाई निरास वनाउने गरेको उल्लेख गरे । एनआरएनहरू सधै नेपालको विकासको पक्षमा रहेको संयोजक त्रिपाठीको सुनाए ।

एनआरएनका मुद्दाहरूमा सरकार गम्भीर भैदिन आग्रह गर्दै एनआरएन अध्यक्ष कुमार पन्तले एनआरएन समुदाय  नेपालको विकासको पक्षमा आफुहरू सधै रहेको प्रष्ट पारे । संगठन आन्तरिक चूनौतीहरूको सामना गर्दै सुधारको पक्षमा रहेको उनले वताए ।

 

आईसिसी सदस्य प्रमोद सिटौला र डोल्मा शेर्पाले सन्चालन गरेको उद्घाटन सत्रमा अमेरिकाकालागी नेपाली राजदुत डा अर्जुन कार्की, एनआरएन आईसिसी  अध्यक्ष कुमार पन्त लगायत विभिन्न पदाधिकारी तथा अथितिहरूको उपस्थिति रहेको थियो । दोस्रो ज्ञान सम्मेलन क्षेत्रीय भेलाको  मुख्य आकर्षण रहेको छ ।  ६ गतेसम्म सन्चालन हुने उक्त भेलामा दोस्रो ज्ञान सम्मलेन, कोभिड १९, एजुकेसन एण्ड हेल्थ फोरम, राजनीतिक फोरम, इमिग्रेशन फोरम, युवा तथा दोस्रो पुस्ता सम्मेलन, महिला फोरम, डायस्पोरा मिडिया फोरम, आईसिसी प्रोजेक्ट लगायतका विभिन्न फोरमहरुको आयोजना हुनेछ ।

 

भेलामा विभिन्न क्षेत्रका प्रतिष्ठित विज्ञहरुको उपश्थिति रहनेछ । कार्यक्रममा कुलमान घिसिड, बालकृष्ण खाँड, पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकर, घणश्याम भुसाल, बन्दना राणा, योगेश उपाध्याय, किशोर नेपाल लागायतका विज्ञहरुको उपश्थिति रहेन आयोजक पक्षले जनाएको छ । ज्ञान सीपको आदान प्रदान तथा एनआरएन समुदायलाई नेपालको हितमा कसरी सहभागी गराउन सकिन्छ भन्ने विषयमा अमेरिकाजको क्षेत्रिय भेला केन्द्रित हुनेछ ।

https://bit.ly/3lJm40N