लैगिक हिंसा विरुद्ध “राईजप”

२०७७ भदौ २३ गते २:१३ Realkhabar

डायस्पोरामा भैरहेका घरेलू हिंसामा भिडियोमा

अमेरिका,  क्यालिफोर्नियामा बसोबास गर्ने युवाहरुको समुहले लैंगिक हिंसा विरुद्ध  जनचेतना फैलाउने छोटो चलचित्र “राईजप” ८८४८ पिक्चर्स को आधिकारिक यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ। यस चलचित्रमा मुख्य कलाकारहरु सन्देश थापा र दिब्ना थापाले अभिनय गरेका छन । उक्त चलचित्रमा शंकर राज वाग्ले (एस.राज) र सन्जय कार्कीको छांयाकन रहेको छ भने चलचित्रको निर्देशन शंकर राज वाग्ले आफैले गरेका हुन् । पेन्सिल भनिया निबासी शुस्मिक लामाको संयोजन रहेको यस चलचित्रमा अन्य कलाकारहरु  साजन लामा ,अनिसा ओली ,अशुतोष ओली, श्याम सेढाई ,  सामाजिक अभियन्ता टेक वाईबा लामा , नुतन काफ्ले , विष्णु राउत, निरता कार्की, बन्दना बस्नेत र ईरानी कलाकार डोरीन टबिवियनको समेत अभिनय देख्न सकिन्छ । यसमा मेकअप आर्टिस्टको भुमिका स्पर्श थ्रेडिंग एण्ड ब्यूटीकी ब्युटीसियन निरता कार्कीले गरेकी छिन् ।

यस चलचित्रको कथाबस्तु सचारकर्मी डोल्मा लामाले लेखेकी हुन् । बास्तविक जिवनमा घटिरहेका त्यस्ता विभिन्न लैंगिक हिंसाका घटनाहरुलाई पर्दामा उतार्ने कोशिस गरिएको छ । यस समुहले अन्तराष्ट्रीय डायस्पोरामा भैरहेको विभिन्न हिंसा , हत्या र समाजमा घटिरहेका सामाजिक विकृतिसंग सम्बन्धित जनचेतनामुलक भिडियोहरु निर्माण गरीरहेको छ । यहॉस्थित  अमेरिकन युनिभर्सिटि अफ सोभेरिगनबाट बिध्याबारिधि गर्दै गरेकी कथाकार लामाले आगामी दिनहरुमा बिभिन्न हिंसाहरु बारे जनचेतना फैलाउने एंव घटनाहरुलाई न्युनिकरण गर्ने कार्य निरन्तर जारी राख्ने बताईन ।