रियलखबर- अमेरिकाको नर्थ क्यारोलिना निवासी कृष्ण पोखरेललाई यहाँस्थित मोरिसभिल टाउनको सरकारी विभागको सल्लाहकारमा नियुक्त गरिएको छ । मोरिसभिल टाउनको काउन्सिल सदस्यहरुले मतदान गरि पोखरेललाई उक्त पदमा नियुक्त गरेका हुन । उनलाई सन् २०२२ को जुलाई ३१ सम्मका लागि नियुक्त गरिएको हो ।
पोखरेल पार्क, रिक्रियसन एण्ड कल्चरल रिसोर्स विभागको सल्लाहकार समितिमा नियुक्त भएका हुन् । उनीसँगै कमिटिमा ११ जना रहेका छन् ।
न्युयोर्क लाईफ इन्सोरेन्स कम्पनीमा सम्वद्ध पोखरेल एनआरएन अभियान्ता हुन् । न्युयोर्क निवासी उनी हालै नर्थक्यारोलिनामा बसाई सरेका छन् ।
© 2020 Realkhabar.com. All Rights Reserved || Developed by: Isoft