अमेरीकी शीर्षस्थ राजनीतिज्ञले नेपाली समुदायलाई सम्बोधन गर्ने- नेप्लिज फर वाईडेन

२०७७ असोज ३ गते २२:४६ Realkhabar

मेरिल्याण्ड, १९ सेप्टेम्वर-
अमेरिकाको मूलधारको राजनीतिमा समाहित हुने अभियान अन्र्तगत आगामी नोभेम्वर महिनाको ३ तारिखको दिन हुन लागेको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट राष्ट्रपतिको रुपमा जो वाईडन र उपराष्ट्रपतिको रुपमा कमला हयारिस मैदानमा हुनुहुन्छ । उहाँहरुको विजयले मात्र हामी नेपाली अमेरिकनको पनि साझा एजेण्डा अगाडि वढन सक्छ भन्नेमा हामी पूर्ण विश्वस्त छौं । यसै सिलसिलामा आगामी आईतवार अमेरिकाको राजनीतिमा विशेष महत्व र पहुँच राख्नुहुने डेमोक्रयाट पार्टीका शीर्षस्थ व्यक्तित्वहरुले नेपाली अमेरिकनलाई सम्बोधन गर्नुहुनेछ । भर्चुअल रयालीमा निर्वाचित जनप्रतिनिधीहरु तथा पार्टी पंक्तिवाट गरिने सम्बोधन कार्यक्रममा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं ।
उक्त भर्चुअल रयालीमा अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा प्रभावशाली भूमिका निर्वाह गर्नुहुने सिनेटर क्रिश भ्यान होलेन अतिथि वक्ताको रुपमा सहभागी हुनुहुनेछ । नेपाली अमेरिकनहरुको विभिन्न समस्याहरुको सहयोगी र समन्वयकारी भूमिका समेत निर्वाह गर्नुहुने होलेन नेपालीहरुको समेत चासोको रुपमा रहेको टिपिएस कार्यक्रमलाई स्पोन्सर गर्नुहुने सिनेटर समेत हुनुहुन्छ । सन् २०१८ को मिड टर्म निर्वाचनमा डेमोक्रयाट पार्टीको कंग्रेसनल उमेदवारहरुलाई विजयी गराउन गठित निर्वाचन समितिको संयोजक भएर तल्लो सदनमा डेमोक्रयाट पार्टीको वर्चस्व कायम राख्न होलेनको महत्वपूर्ण भूमिका रहेको थियो ।
कार्यक्रममा क्यालिफोर्नियाबाट कंग्रेसउमन रहनु भएकी लिन्डा टि सेन्जेन , मेरिल्याण्ड राज्यका विधायक एवं नेपाली मूलको पहिलो निर्वाचित साँसद हयारी भण्डारी ,डेमोक्रयाट पार्टीको एशियन अमेरिकन पेसिफिक आईल्याण्डरकी अध्यक्ष वेल हङ्ग ,डेमोक्रयाट पार्टीका मेरिल्याण्ड राज्यका सचिव रोवि लियोनार्ड ले सम्वोधन गर्नुहुनेछ । उक्त कार्यक्रममा सहभागी भएर हामीहरुको सामूहिक चासोमा ऐक्यवद्धता जनाउनुहुन अनुरोध गर्दछौं ।
कार्यक्रम आगामी सेप्टेम्वर २० तारीख आईतवार
समय अपरान्ह ३ वजे पूर्वीय समय अनुसार
सहभागी हुन यो लिंक मा नाम दर्तागर्नुहोला:

https://www.mobilize.us/mddems/event/325479/

विस्तृत जानकारीको लागि वेभसाईटमा जानुहोला
https://nepaliforbiden.com
Zoom ID :  27834245865
Password : 668049

नेप्लिज फर वाईडेन
सेप्टेम्वर ,२०२०