अमेरिकी राष्ट्रपति निर्वाचनमा नेपालीहरुको चासो बढ्दै

२०७७ असोज ५ गते २३:१९ Realkhabar

सेनेटर होलेनले नेपाली अमेरिककीहरुलाई राजनीतिमा लाग्न स्वागत गरे

भोला आचार्य
रियलखबर २१ सेम्टेम्बर अमेरिकाको आसन्न राष्ट्रपति निर्वाचनलाई लिएर यहाँका नेपालीहरुको चासो र चिन्ता बढ्न थालेको छ । मेरिल्याण्ड राज्यबाट अमेरिकी मूलधारको राजनीतिमा छिरेका नेपालीमूलका डेलिगेटस ह्यारी भण्डारीको पहलमा “नेप्लिज अमेरिकन फर वाईडन” अभियान शुरुभएसँगै नेपालीहरुको सक्रियता बढ्न थालेको हो । सांसद भण्डारीको संयोजकत्वमा विभिन्न झण्डै ४० राज्यमा वसोवास गर्ने नेपालीहरु अमेरिकी राजनीतिमा सक्रिय छन् । हिजो आईतबार डेमोक्रेटिक राष्ट्रपतिका उमेद्दवार जोन वाइडेनको समर्थनमा “नेप्लिज अमेरिकन फर वाईडेन” अभियान र यससँग सम्वन्धित वेवसाईट पनि सार्वजानिक गरिएको छ ।

नेप्लिज फर वाईडेन समुहद्धारा जुम प्रविधिको माध्यामबाट अमेरिकाव्यापी नेपालीभाषी सहभागी रहेको भर्चुवल बैठकमा अमेरिकी राजनीतिका उच्च अधिकारीहरु डेमोक्रेटिक पार्टीका शक्तिशाली सेनेटर क्रिस भान होलेन, सांसद लिण्डा सेन्चेज, डेमोक्रेटिक नेशनल सदस्य बेल होड र रोबी लिओनार्डले सहभागिता जनाएका छन् । सेनेटर होलेनले नेपाली अमेरिककीहरुलाई राजनीतिमा सहभागिता जनाउन स्वागत गर्दै टेम्पोरोरी प्रोटेक्सन स्टाटस सुविधालाई नविकरण गर्नको लागि सिनेटमा माग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उक्त सुविधाबाट झण्डै दशौहजार नेपालीहरु लाभान्वित रहेको बुझिन्छ ।

आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनमा एकलाखभन्दाबढि नेपाली अमेरिकन मतदाता रहेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्याडकले वताउछ । जसमा नेपाली र नेपालीभाषी भुटानी पनि रहेका छन् । नेपालीभाषी भुटानीको तर्फबाट ओहायो राज्यको रेनल्सवर्ग सीटी काउन्सिल म्यान भुवन प्याकुरेलले ५० हजार नेपालीभाषी भुटानीहरुले अमेरिकी नागरिकता लिईसकेको जानकारी दिएका छन् । झण्डै ८८ हजारको हाराहारीमा नेपालीभाषी भुटानी अमेरिकामा रहेको वताईन्छ ।

अघिल्लो पटक पनि डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिको निर्वाचनमा रहेकी हिलारी क्लिन्टनको पक्षमा लागेका नेपालीहरु यसपटक सोही पार्टीतर्फबाट राष्ट्रपतिको उमेद्दवार बनेका जोन वाईडेनको पक्षमा सक्रिए भएका छन् । यो प्रयासले अमेरिकी मूलधारको सपना सहज वन्दै जाने विश्वास नेपालीमूलबाट अमेरिकी राजनीतिमा प्रवेश गरेका ह्यारी भण्डारीले व्यक्त गरेका छन् । निर्वाचनमा जितहार जसको भएपनि यो अभियानले नेपाली अमेरिकीहरुलाई मुलधारमा प्रवेश गर्न निकै मद्दत पुग्ने उनको बुझाई छ ।

Nepalese American for Biden Virtual Rally

Posted by Delegate Harry Bhandari on Sunday, September 20, 2020