नापाले यहि सेप्टेम्बर २५ देखी २८ सम्म अन्तराष्ट्रिय बैज्ञानिक सम्मेलन गर्ने

२०७७ असोज ७ गते १५:५३ Realkhabar

अमेरिका, २३ सेप्टेम्बर – एसोसिएशन अफ नेप्लीज एग्रिकल्चर प्रोफेसनल अफ अमेरिका, नापाले यहि सेप्टेम्बर २५ देखी २८ सम्म अन्तराष्ट्रिय बैज्ञानिक सम्मेलन गर्ने भएको छ । विदेशमा सिकेको ज्ञानसीपलाई कृषि क्षेत्रमा योगदान पुर्याउने उदेश्यले आयोजना गर्न लागेको उक्त ज्ञान सम्मेलनमा नेपालदेखी अमेरिका, युरोप, क्यानडा, अष्ट्रेलिया, मेक्सिको लगायतका देशबाट ४ सय वैज्ञानिकहरूको सहभागिता हुने नापाले जनाएको छ ।

नापाद्वारा हिजो मंगलवार आयोजित पत्रकार सम्मेलनमा  दिईएको जानकारी अनुसार सम्मेलनको उद्घाटन अमेरिकाकालागी नेपाली राजदुत डा अर्जुन कुमार कार्कीले गर्ने कार्यक्रम तय भएको छ । सम्मेलनमा नेपालबाट राष्ट्रिय योजना आयोगका सदस्य डा. राजकुमार फूँयाल र अलावमा एग्रिकल्चर एण्ड मेकानिकल (ए एण्ड अम) युनिभर्सिटीका डा श्रिनिभास राओ मेन्ट्रेडी लगायतको सहभागिता रहेको छ । सम्मेलनमा विद्यार्थीहरुका बीच निबन्ध लेखन, कविता बाचन तथा अन्य प्रतियोगिता आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिईयो । ४ वटा विभिन्न प्रतिस्पर्धाहरूमा दुईलाख रूपैयाभन्दाबढिको पुरस्कारको व्यवस्था गरिएको छ । कृर्षी विज्ञानसँग सम्वन्धित विभिन्न सोधपत्र प्रस्तुत गरिनुका साथै २६ जना कविहरूले कविता बाचन गर्नेछन् ।

ग्लोवल फुड सेक्युरिटीमा काम गरिरहेको यस संस्थाले दुर शिक्षाको माध्यमबाट विदेशमा सिकेको सीपलाई संसार पुर्याउने क्रममा नेपाललाई प्राथमिकतामा राखेर काम गरिरहेको संस्थाका अध्यक्ष प्रो डा मेघनाथ पराजुलीले वताए । पॉचबर्ष अगाडी स्थापना गरिएको यस संस्थाले रिसर्च, टिचिड, सर्भिस र पोलिसि मेकिडमार्फत कृर्षिक्षेत्रमा योगदान दिएको संस्थाका पूर्व अध्यक्ष डा लिलाराज कार्कीले उल्लेख गरे । नापाले धान, तोरी, पशुपालन लगायतका विभिन्न १८ वटा अनुसन्धान सम्पन्न गरिसकेको छ । नेपालमा १५ औं पन्चबर्षे योजना, त्रिविविको पाठ्यक्रम विकासमा पनि सहयोग गरेको नापाले विभिन्न समयमा योजना आयोगका अधिकारीदेखी विभागीय अधिकारी लगायत सरकारका उच्च अधिकारीहरूसँग मिलेर विभिन्न छलफल र सहयोगमा सहभागी हुदै आएको नापाले जनाएको छ ।