अमेरिकाको आसन्न राष्ट्रपति निर्वाचनको पहिलो बहस

२०७७ असोज १४ गते ५:४६ Realkhabar

रियलखबर , अमेरिका  ३० सेम्टेम्बर-

आसन्न राष्ट्रपति निर्वाचनलाई लिएर रिपव्लिकन पार्टीको तर्फबाट राष्टपतिका उमेदवार वर्तमान राष्ट्रपति डोनाल्ड जे ट्रम्प र डेमोक्रेटिक पार्टीको तर्फका पूर्व उपराष्टपति जो वाईडेनबीच पहिलो बहस मंगलबार सम्पन्न भएको छ । बहसमा जो वाईडेनले ट्रम्पलाई झुटले भरिएको गैरजिम्मेवार व्यक्तिको संज्ञा दिएका छन् । ट्रम्पभन्दा आफुलाई सालिनरुपमा प्रस्तुत गरेका वाईडेनले कोभिड संकटमा उनी नकाम भएको आरोप लगाएका छन् ।
यता ट्रम्पले वाईडेनलाई नपत्याए जस्तै गरि वोल्दा वोल्दै रोक्ने प्रयास गरिरहे । अमेरिकी राजनीतिमा वाईडेन समर्रथि पार्टीको चार दशकबढिको अनुभवभन्दा आफ्नो राष्टपतिको एक कार्यकाल नै भारी भएको व्यडग्य गर्दै गरे । रेडिकल लेफ्टिस्टहरुबाहेक अरुले वाईडेनलाई नपत्याउने ट्रम्पको दावी छ ।
बहसमा वाईडेनप्रति टम्पको हस्तक्षेप हुँदा कार्यक्रम सन्चालक क्रिस वालेसलाई हम्मे हम्मे परेको थियो ।


कोभिड १९, स्वास्थ्य विमा, रोजगार, न्याय सुरक्षा, ग्लोवल वारमिड लगायतका विषयमा भएको बहसमा ट्रम्पले झुटो तथ्यमा वाईडेनलाई पेलिरहेभने वाईडेनले ट्रम्पको राष्ट्रपतिको एक कार्यकालबाट नै अमेरिकी जनताले सास्ति भोगी सकेकोले आफुलाई राष्ट्रपतिमा निर्वाचित गरेर देशलाई संकटबाट जोगाउन आग्रह गरे । आफु निर्वाचित भए न्याय, रोजगार लगायत देशमा अमनचयन कायम हुने वाईडेनको दावी छ । बहस डेड घण्टा लामो चलेको थियो । आगामी नोभेम्बर ३ मा हुने निर्वाचनको लागि मेल अर्थात हुलाकबाट हुने भोटिड शुरु भैसकेको छ ।

Video: ABC news

https://abcn.ws/36pIyyC