अमेरिकी राष्ट्रपति ट्रम्प दम्पत्तीलाई कोरोना

२०७७ असोज १६ गते २१:४४ Realkhabar

रियलखबर, १ अक्टोबर अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्प र फस्टलेडी मेलानिया ट्रम्पलाई कोरोना पोजेटिभ भएको छ । ट्रम्पले आफु र पत्नीलाई कोरोना पोजेटिभ भएको ट्वीट गरेका छन् । उनको अवस्था सामान्य रहेको र उनीहरु निवासमै कोरेन्टिनमा रहेको ह्वाईटहाउसले जनाएको छ ।


आसन्न राष्ट्रपति निर्वाचनको क्याम्पेनमा जुटिरहेका ट्रम्पको एक भव्य रयाली सम्पन्न भएको थियो । उक्त भिड कोरोना संक्रमणको कारण हुन सक्ने आशंका गरिएको छ । माक्स प्रयोग नगर्न प्रोत्साहन गरेको आरोप लागेका उनलाई नै कोरोना लागेपछि यो विषयले अन्तराष्टिय तरंगित भएको छ । केहिदिन पहिलेमात्र उनले पहिलो राष्टपतिय बहसमा उनले भाग लिएका थिए । अक्टोबर १५ मा दोस्रो र राष्ट्रपतिय बहस हुने कार्यक्रम छ ।


निर्वाचनको संघारमा उनलाई कोरोना देखिएपछि उनको चुनावी अभियान प्रभावित हुने अडकल गरिएको छ ।
कोरोनाका कारण अमेरिकामामात्र २ लाख ८ हजारले ज्यान गुमाईसकेका छन्भने झण्डै ७ लाख मानिसहरु संक्रमित छन् । यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई पनि संक्रमण भएको थियो तरपछि उनीहरु संक्रमणमुक्त भएका थिए ।