रियलखबर १ अक्टोबर
नेपाल सरकारले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि राजदुतहरु क्रमश डा युवराज खतिवडा, लोकदर्शन रेग्मी र डा निर्मल विश्वकर्मालाई सिफारिस गरेको छ । विहिबार बसेको मन्त्रीपरिषदको बैठकले उक्त सिफारिस गरेको हो ।
निवर्तमान अर्थमन्त्री डा खतिवडाले केहिदिनअघि राष्टियसभामा आफ्नो अवधि सकिएसँगै मन्त्रीपदबाट राजिनामा दिएका थिए । राष्टिय योजना आयोगका उपाध्यक्ष, गर्भनर भैसकेका उनले अर्थमन्त्री भएपछि सन्चारमन्त्रालय र सरकारको प्रवक्ताको भूमिका निभाउने मौका पाएका थिए । अर्थमन्त्रीबाट राजिनामा दिएका उनलाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त गरिएको थियो ।
त्यसैगरि रेग्मी मुख्यसचिवले आफ्नो समयावधि सकिनुनु २२ दिनअघि राजिनामा दिएपछि बेलायतमा राजदुत सिफारिस भएका छन् । त्यस्तै दक्षिण अफ्रिकाका लागि राजदुतमा शिफारिस गरिएका डा विश्वकर्मा अधिकारकर्मी हुन् । यता मुख्यसचिमा शंकर बैरागीलाई नियुक्त गरेको छ । २०३३ सालमा पर्वतमा जन्मेका बैरागीले २०४४ सालदेखी परराष्ट सेवामा छन् ।
अमेरिका, भारत र चीनमा रहेका राजदूतहरुले मन्त्रीस्तरीय सुविधा पाउने गरि सरकारले व्यवस्था गरेको छ । जसअन्तर्गत भारतका लागि राजदूत नीलाम्बर आचार्य, चीनका लागि राजदूत महेन्द्रबहादुर पाण्डे र अमेरिकामा डा अर्जुन कार्की रहेका छन् । डा कार्कीबाहेक पाण्डे र आचार्य राजदूतपूर्वनै मन्त्री भैसकेका छन् ।
नेपाल सरकारले हालसम्म १ सय ६८ देशसँग कूटनीतिक सम्वन्ध स्थापना गरेको छ भने ३३ देशमा नेपाली राजदूतावास छन् । यससँगै ५ स्थानमा महावाणिज्य दूतावास र एक स्थानमा वाणिज्य दूतावास छन् । राजदूतावास रहेका ३३ देशमध्ये दक्षिण अफ्रिका, दक्षिण कोरिया र श्रीलंकामा २ बर्षदेखी राजदूतको व्यवस्था गर्न सकेको छैन ।
© 2020 Realkhabar.com. All Rights Reserved || Developed by: Isoft