प्रा डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै, दुवैतर्फबाट वार्ताटोली गठन

२०७७ असोज २२ गते १:५० Realkhabar

भोला आचार्य

रियलखबर ७ अक्टोबर –
सत्याग्रही प्रा डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर वन्दै गएको छ । डा केसी निकट लेखक एवं पत्रकार शिबप्रकाशले डा. केसीको स्वास्थ्य नाजुक बन्दै गएको रियलखबरलाई जानकारी दिए । हरेकदिनजसो प्रा डा. केसीको सम्पर्कमा रहेका र उनका चिकित्सकलाई भेटेका शिबप्रकाशसँग आज विहिबार विहान भएको कुराकानीमा डा केसीलाई यतिवेला सलाईनपानी चढाईएको र स्वास्थ्य नाजुक बन्दै गएपछि आईसियुमा भर्नाको तयारी भैरहेको छ वताए । शिबप्रकाशले भने, डा. केसीलाई वोल्न, हातखुट्टा चलाउन गाह्रो भएको छ, मान्छे चिन्न गाह्रो भएको छ, मुस्किलले इशाराले संकेत गर्न कोसिस गरिरहेको अवस्था छ ।
यसैबीच नेपाल सरकारले अनशनरत प्रा डा. गोविन्द केसीसँग वार्ताको लागि तीन सदस्यीय समिति गठन गरेको छ । प्रा डा. केसीसँग वार्ताका लागि सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ताटोली गठन गरेको हो ।
यता प्रा डा. केसीको तर्फबाट पनि डा. जिवन क्षेत्रिको संयोजकत्वमा डा. लोचन कार्की, डा. अन्जनी कुमार झाँ र अधिवक्ता ओमप्रकाश अर्यालसहितको वार्ता टोली गठन गरिएको शिबप्रकाशले रियलखबरलाई जानकारी दिए ।
चिकित्सा क्षेत्रको सुधारको माग राखि निकै लामो समयदेखी पटक पटक अनसन गरिरहेका डा. केसी २५ औं पटक आमरन अनशनमा छन् । पछिल्लोपटक जुम्लाबाट अनशन शुरु गरेका प्रा डा केसीले काठमाडौ फर्केर त्रिवि शिक्षण अस्पतालमा अनशनलाई जारी राखेका छन् ।
प्रतिपक्ष राजनीतिक दलदेखी देशविदेशबाट चौतर्फी विवाद भएपछि सरकारले वार्ता टोली गठन गर्न दवाव परेको बुझिएको छ । अमेरिकास्थित नेपाल अमेरिका मेडिकल एशोशिएरनले  डा. केसीसँग वार्ताका लागि दवावमूलक कार्यक्रम गरिरहेको छ । यहाँस्थित नेपाली काँग्रेस निकट जनसम्पर्क समिति अमेरिकाले विज्ञप्ति जारी गर्दै सरकारले प्रा डा. केसीको स्वास्थ्यमा खेलवाड गरिरहेको आरोप लगाएको छ । यथासिघ्र प्रा डा. केसीको स्वास्थ्यप्रति गम्भिर वन्नुपर्ने र वार्तामार्फत डा. केसीको सत्याग्रहलाई सम्वोधन गर्नुपर्ने समितिका महासचिब मुनेन्द्र नेम्वाडद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

१५ औं अनशनको वेला प्रधानमन्त्री केपी शर्मा वलीले प्रा डा. का माग सम्वोधन गर्ने आस्वासन दिएपनि सहमतिको कार्यन्वयनतर्फ सरकारले खासै गम्भिर नदेखिएपछि प्रा डा. केसीले अनशन जारी गर्नुपरेको वताईन्छ । सरकारी वार्ताटालीको नेतृत्व प्रा डा केसीको मागप्रति अनुदार रहेकोले वार्ता सकारात्मक रहने कुरामा शंका गरिएको छ । तर सकारात्मक वार्ताको दवावमा चौतर्फी दवाव भैरहेकोले आशा पनि त्यत्तिकै गरिएको छ ।

साथै गत आईतबार लेखक एवं पत्रकार शिबप्रकाशसँग रियलखबरले गरेको ग्लोबलटक जसमा सत्याग्रही प्रा डा. केसीको सत्याग्रह र पछिल्लो अवस्थाको विषयमा गरिएको कुराकानी ।https://www.facebook.com/realkhabar/videos/343938043569705/