प्रा डा केसीको सत्याग्रहप्रति  जनसम्पर्क समिति अमेरिकाको चासो

२०७७ असोज २२ गते २:४३ Realkhabar

रियलखबर, अमेरिका-

चिकित्साशिक्षा क्षेत्रको सूधारका लागि २५ औ पटक अनशनरत प्रा डा गोविन्द केसी को सत्याग्रहप्रति स्वदेशदखी विदेशसम्म चासो राख्दै नेपाल सरकारलाई दवाव शुरु भएको छ । यसैबीच अमेरिकास्थित नेपाली कांग्रेस निकट जनसम्पर्क समिति अमेरिकाले एक विज्ञप्ति जारी गर्दै प्रा डा केसीका मागप्रति सरकार गम्भिर नबनेकोमा ध्यानआकर्षण भएको वताएको छ ।


समितिका महासचिव मुनेन्द्र नेम्वाडद्धारा जारी विज्ञप्तिमा डा केसी पछिल्लो पटक जुम्लाबाट अनसन शुरुगरि काठमाडौ पुग्दा उनीसँग सरकारले गरेको व्यवहार अमानविय र अपमानजनक भएको ठकर गर्दै सरकारी रवैयाको घोरभत्सर्ना गरेको छ । सरकारले प्रा डा केसीले उठाएका मागहरुको सम्वोधन गरि उनको जीवन जोगाउन समितिले अपिल गरेको छ । साथै विभिन्न संघसंस्था र व्यक्तिहरुले प्रा डा केसीको सत्याग्रहमा विभिन्न माध्यमबाट सहमति जनाउदै आएका छन् र हालसम्म जारी राखेका छन् ।