Mall को नेपाली अनलाइन स्टोर

२०७७ असोज २२ गते ४:३० Realkhabar

अमेरिका, टेक्सासको डलासमा बस्ने प्रतिक सुवेदीले मलको नेपाली अनलाईन व्यवसाय शुरु गरेका छन् । यसअघिनै डलासमा यसप्रकारको व्यवसाय शुरु गरिसकेका उनले हालै अनलाईन व्यवसाय पनि शुरु गरेका हुन् । सुवेदीले अनुसार विदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरेर व्यवसाय शुरु गरेको वताए । साथै विदेशमा वस्ने नेपालीका साथै नेपालमा भ्रमण गरेका र नेपालप्रति माया भएका विदेशीहरुले मलको नेपाली अनलाईनबाट लाभ लिन सक्नेछन् । हालै सन्चालनमा आएको मलको डट स्टोर नामक वेवसाईटमा नेपाली खानेकुरादेखी लगाउने लुगा र गहनासम्म अनलाईनबाट किन्न सकिनेछ ।

खानेकुरामा वाईवाई, रमपम लगायतका चाउचाउदेखी चिउरा खाजा, नेपाली भटमास, अचार, मर मसला, पिठो, दाल गेडागुडी, तितौरा क्याण्डी, निउरा खाजा यहाँ किन्न सकिन्छ । त्यसैगरि नेपाली संस्कृति झल्किने विभिन्न पोशाकहरु मलको नेपाली अनलाईन स्टोरमा उपलव्ध छन् । वालवालिकादेखी अभिभावकसम्मका लागि दौरा सुरुवाल, टोपी, साडी, कुर्ता सुरुवाल, लेंगा लगायतका विभिन्न नेपाली पोशाकहरु मलकोमा किन्न सकिन्छ ।

 

यसका साथै नेपालको नेपालअंकित टि सर्ट, आईफोन कभर पाईन्छ ।
पुजाका सामानदेखी पास्नीमा लगाउने पोशाकमात्र होइन सिंन्दुर र मंगलशुत्रसमेत मलकोमा उपलव्ध छन् । त्यतिमात्र होइन हेयरपिन, रानिहार नेकलेस पनि मलको नेपाली अनलाईनमा खरिद गर्न सकिने व्यवस्था छ ।

पुजाको सामाग्रिमा तामा दियो, ब्रासवेल, कुपर गाग्री, ब्रास प्लेन वल, चरेशका थाली, लोटा, तुम्वा खाने भाँडो समेत यहाँ पाईन्छ ।


मलकोले नेपालीहरुको महानचाड बडादशैतिहारलाई लक्षित गरेर दशैतिहार स्पेशलको व्यवस्था गरेको छ जसअन्तर्गत दशैतिहारमा आवस्यक पर्ने सामाग्रिहरु उपलव्ध छन् । मलको अनलाईन साईटमा उपलव्ध सामाग्रिहरु महंगो नभई सुपथ मुल्यमा खरिद गर्न सकिने सन्चालक सुवेदीले वताए । मलको नेपाली अनलाईन स्टोरले विदेशमा रहेका नेपालीेदेखी नेपालको माया गर्ने विदेशीहरुमाझ लोकप्रिय वन्ने सुवेदीको विश्वास छ । सिपिडमार्फत घरसम्मै उपलव्ध गराउने व्यवस्था छ । मलको उत्पादन खरिदका लागि www.mallko.store लाई प्रयोग गर्न सकिनेछ ।