गायक हरी लामीछानेले दशैं सम्झदै गाए “सुक्यो होला हिलो मैलो…”
२०७७ कार्तिक २ गते २०:२५
Realkhabar
अमेरिकाको टेक्सस् राज्यमा बसेर विशेष गरेर नेपाली पप गीत संगीत गुनगुनाउदै आएका गायक हरी लामीछानेले दशैंको शुभकामना सहित आफ्नै संगीत र स्वरमा “सुक्यो होला हिलो मैलो…” गीतको अडियो र भिडियो सार्वजनिक गरेका छन्। गीतको रचना सहदेव पौडेलले गरेका छन् भने गीतको भिडियो सुब्रत राज आचार्यले निर्देशन गरेका छन्।
गीतको बारेमा गायक भन्छन् “बडादशैंको मंगलमय शुभकामना सहित परदेशमा बसेर घरदेश “मिस” गर्नेहरु प्रति समर्पित गरेर यो गीत तयार पारेको हुं।” गीतले देशबाट टाढा भएकाहरुले दशैं सम्झेको भाव प्रस्तुत गरेको छ। गायक थप्छन् “घरबाट टाढा पुगेका हामीहरुको मन दशैंको बेलामा त्यसै त्यसै रुन्छ! गांउघरको सम्झना, चाढपर्वको मिठो तिर्सना, साथीभाई संग बिताएका रमाईला पलहरु, आमा-बुबा र आफन्तहरुको मिठो सम्झनाले हामीलाई सधै “नोस्टाल्जिक” बनाउछ। त्यहि “नोस्टालजिया”लाई गीतकार सहदेव पौडेलले मार्मिक ढंगले कोर्नु भएको रहेछ। र मलाई यो मेरै कथा जस्तो लागेर तयार पारेको हुं।”
यो गीतको भिडियोले पनि गांउघर, परिवार, आमा-बुबा, साथीसंगी, प्रेमीहरुको माया, चाढपर्वहरुलाई रंगीन बनाउने लिंगे पिङ,लंगुरबुर्जा, सयपत्री, जमरा र मिठो आशिर्वादको सम्झना गराउछ।
हरी लामीछीनेले यस अघि “साईन ईन” गीती एल्बम प्रकाशित गरिसकेका छन्।