मध्यरातमा रोकिएको अमेरिकी निर्वाचन

२०७७ कार्तिक १९ गते १७:१८ Realkhabar

कसले जित्ला, टम्प कि बाईडेन ?

भोला आचार्य
अमेरिका ४, नोभेम्बर-  संसारभरबाट निकै चासोले हेरिने अमेरिकी निर्वाचनको परिणाम आउदा आउदै मध्येरातमा रोकिएको छ । डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदको लागि चुनाव लडेका पूर्व उपराष्ट्रपति जो बाईडेनले २ सय ३७ मत र रिपब्लिकन पार्टीको तर्फबाट उक्त पदको लागि चुनावमा उठेका बहालवाला राष्टपति डोनाल्ड जे ट्रम्पले २ सय १० मत गनिसकेपछि निर्वाचनको परिणाम ठप्प भएको छ । हुलाकमार्फत पठाईएका मतको परिणाम आउन समय लाग्ने भएकोले अन्तिम परिणाम आउन पनि समय लाग्ने वताईएपनि राष्टपति ट्रम्पले मतपरिणाम गणना भईरहँदा सर्वोच्चमा जाने अभिव्यक्ति दिएपछि निर्वाचनको परिणाम अन्योलग्रस्त वनेको छ ।

 

हुलाकबाट आउने मतलाई नपर्खिन र आफुले नजिने सर्वोच्च जाने ट्रम्पको अभिव्यक्तिसँगै निर्वाचनको परिणामको विषय थप अन्योल वनेको हो । हुनत ट्रम्पले यसो वनिरहँदाको परिणाममा पनि उनका प्रतिद्धन्दी बाईडेनकै मत संख्या बढि देखिन्थ्यो । जतिवेला टेक्सासको परिणाम ट्रम्पको हातमा आईसकेको र गणना अन्तिम अवस्थामा आईसकेको पेन्सिलभेनिया र फ्लोरिडामा ट्रम्पको जित लगभग निश्चित भईसकेको परिणाम अमेरिकी मिडियाले अपडेट गरिरहेका थिए । यतिखेर या ओभर कन्फिडेन्ट भएर हुलाकको परिणामलाई कम अवमुल्याँन गरिरहेका थिए या त हुलाकको परिणामबाट डराईरहेको अडकल गर्न सकिन्थ्यो । त्यसो त राष्ट्रपति बहसकै क्रममा ट्रम्प हुलाकबाट आउने मत परिणामलाई त्यति महत्व दिएका थिएनन । यो विषयमा हुलाकबाट मतदान गर्ने अधिकांस डेमोक्रेट उमेद्वारहरु रहेकोले ट्रम्प डराईरहेको र हुलाकको मत पनि जनताको मत भएकोले अन्तिम समयसम्म धैर्य गर्न बाईडेनले डिवेटमा भनेका थिए । हुलाकको मतबाट डराउनु जनतासँग डराउनु र निर्वाचनको प्रक्रियालाई निष्पक्ष हुननदिनु ट्रम्पको उद्देश्य रहेको वाईडेनको ट्रम्पमाथि आरोप छ ।

डेमोक्रेटको जित निश्चित भएका ठूला राज्यहरु क्यालिफोर्निया र न्युयोर्क र रिपब्लिकको पक्षमा रहेको टेक्सासको परिणाम नआईन्जेल टेलिभिजन र सामाजिक सन्जालमा अपडेट भएका अमेरिकी जनतालगायत विश्व समुदाय मध्येरातमा आएर परिणाम आउन अवरुद्ध भएपछि अन्तिम मतपरिणाम सुन्य प्रयास टरेको थियो । अन्तिम परिणाम आउन अब दुईदिनभन्दाबढि लाग्ने यहाँका सन्चारमाध्यमहरुले बताएका छन् । यसअघिनै आफ्नो पक्षमा मतपरिणाम नआए सजिलै ह्वाईट हाउस नछोड्ने अभिव्यक्ति दिईसकेका र मत गणना भैरहँदा निर्बाचनको विषयमा राष्ट्रपति ट्रम्पले दिएको अभिव्यक्ति र ट्विटले अमेरिकी निर्वाचनको परिणाम आउन समय लाग्ने मात्र होइन अपेक्षा नगरिएका घटनाक्रमको संकेत गरेका छन् । तर संसारकै लोकतन्त्रकै उच्च अभ्यास गरिरहेको अमेरिकाकी व्यवस्थालाई टम्प एक्लैले बोलेर धेरै तलमाथी नहुने अडकल पनि सँगसँगै भैरहेका छन् । र यसलाई ट्रम्पको बाचनको चरित्र र निर्वाचनको स्वाभाविक तस्बिरको रुपमा हेरिएको छ ।

मतदानमा ९७ मिलियन अर्थात ९ करोड ७ लाख मत खसेको वताईएको छ । यहाँ २५ करोड ५२ लाख मतदाता रहेको वताईन्छ । बाईडेनले २ सय ३७ इलेक्टोरल मत र ट्रम्पले २ सय १० इलेक्टोरल मत पाएका पाईसकेका छन् । त्यसैगरि वाईडेनले ६ करोड ९५ लाख पपुलर मत पाईसेकेका छनभने ट्रम्पले ६ करोड ७० लाख पपुलर मत पाएका छन् । शुक्रबारसम्म इलेक्टोरल मतको परिणाम आउने अडकल गरिएको छ । अमेरिकाको ४६ औं राष्ट्रपतिको घोषणा ढिलामा जनवरि २० सम्म हुनेछ । उक्त दिन नयाँ राष्ट्रपतिले सपथग्रहण गर्ने दिन हो ।