जो बाईडेन अमेरिकाको ४६ औं राष्ट्रपति

२०७७ कार्तिक २२ गते २३:१३ Realkhabar

रियलखबर, ७ नोभेम्बर अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाईडेन निर्वाचित भएका छन् । डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उमेद्वार रहेका पूर्व उपराष्ट्रपति बाईडेनले रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको उमेद्वार बनेका बहालवाला राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई पराजित गर्दै नयाँ राष्ट्रपति बनेका हुन् । यससँगै उपराष्ट्रपतिको रुपमा सिनेटर कमला ह्यारिस विजयी बनेकीछिन् । उपराष्टपति जस्तो उच्च पदमा पुग्ने ह्यारिस अस्वेत आप्रवासी पहिलो महिला बनेकीछिन् ।
राष्ट्रपति बन्नको लागि आवश्यक पर्ने २ सय ७० इलोक्टोरल मत प्राप्त गरिसकेपछि बाईडेन राष्ट्रपति चुनिएका हुन् । भन्दा बढाएर २ सय ८४ मत प्राप्त गरिसकेपछि बाईडेन राष्ट्रपतिको दौडमा विजेता बनेका हुन् ।


अमेरिकाको राष्ट्रपति छान्न आबश्यक पर्ने ५ सय ३८ इलोक्टोरल कलेज प्रतिनिधीमा बाईडेनले २ सय ८४ इलोक्टोरल मत पाएका छन्भने ट्रम्पले २ सय १४ प्राप्त गरेका छन् । अमेरिकाका ५० राज्यहरुमा जनसंख्याका आधारमा इलेक्टोरल कलेजका प्रतिनिधिहरुको संख्या तोकिएको हुन्छ । २ राज्यबाहेक ४८ राज्यहरुमा डेमोक्रेटिक पार्टी र रिपब्लिक पार्टीका राष्ट्रपतिका उमेद्वारमध्ये जसले बढी मत ल्याँउछ ती राज्यका इलेक्टोरल मतको आधारमा राष्ट्रपति निर्वाचित हुने व्यवस्था छ ।
गत मंगलबाट भएको अन्तिम निर्बाचनको परिणाम आउन ढिला भएपनि आज पेन्सिलभेनियामा जित हात पारेपछि ४७ बर्ष लामो राजनीतिक करियरमा राष्ट्रपति बनेर इतिहास रचेका छन् । गत मंगलबार सकिएको निर्वाचनको मत परिणामको व्यग्र प्रतिक्षामा बसेका अमेरिकी जनताले अन्तत परिणाम मात्र पाएनन सुखद युगको शुरुवात भएको ठानेका छन् । एकातिर कोरोनाले थलिएको अमेरिकी जनजिवन र अर्कोतिर आफ्नै राष्ट्रपति ट्रम्पबाट आजित भएको महसुस गरेका अमेरिकीहरुले बाईडेनको आगमनले राहतको महसुस गरेका छन् । निर्वाचनको परिणामबाट विश्व समुदाय नै खुशी भएको भनिएको अबको समयलाई नबनिर्बाचित बाईडेन र उनका सारथी उपराष्ट्रपति कमला ह्यारिसले कसरी अगाडी बढाउछन सवैको प्रतिक्षा रहनेछ ।