हङकङस्थिक नेपाली रेष्टुरेन्टमा आगलागी, ८ जना नेपालीको मृत्यु

२०७७ मंसिर २ गते १:०३ Realkhabar

एनआरएन अध्यक्ष पन्तद्वारा दु:ख व्यक्त

रियलखबर १५ नोभेम्बर, हिजो आईतबार राति हङकङको जोर्डनस्थित एक रेस्टुराँमा आगलागी आठजना नेपालीको दुःखद निधन भएको ।
नेपालीद्वारा सन्चालित जिरे खुर्सानीनामक उक्त रेष्टुरेन्टमा भएको आगलागीमा परि ९ वर्षका बालकसहित ८ जना नेपालीको मृत्यु भएको र आगलागीमा परेर १८ जना घाइते भएको स्थानिय सन्चार माध्यमहरूले जनाएका छन् ।

मृत्यु भएकाहरुमा ९ देखि ४० वर्षका उमेर समूहका रहेका छन् । उपचार गराइरहेका ९ जना घाइतेमध्ये दुइ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

बागलुङ समाज हङकङका आजीवन सदस्य राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा आइतबार राती आगलागीको घटना भएको थियो ।

एनआरएनए हङकङ्गकी अध्यक्ष टिका गुरुङ्ग ‘राधिका’ले पनि आगलागीमा परेर सात जना नेपालीको मृत्यु भएको संचार माध्यमलाई पुष्टि गरेकी छिन।

यसैबिच एनआरएनका अध्यक्ष कुमार पन्तले घटनाका विषयमा दुख व्यक्त गरेका छन् । उनले भनेका छन् , “ हिजो नोभेम्बर १५ राति हङकङको जोर्डनस्थित एक रेस्टुराँमा आगलागी आठजना नेपालीको दुःखद निधन भएको समाचारले मर्माहत बनाएको छ । यस दुःखद घडीमा मृतकहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु । घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।”

घटनाका मृतक र घाईतेहरुको पछिल्लो विवरण

2.jpg1.jpgphoto: AP