रियलखबर, क्यालिफोर्नियाको सान डिएगो क्षेत्रका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको पदावधि ४ बर्ष थप गरिएको छ । नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले ढकालको पदावधि थप गर्ने निर्णय गरेको हो ।
ढकालले सरकारको कदमप्रति आभारप्रकट गर्दै धन्यवाद् व्यक्त गरेका छन् । सरकारले दिएको भूमिकाप्रति आफु सधैभर कटिबद्ध रहेको र रहिरहने पूनर्नियुक्त महावाणिज्यदुत ढकालले बताए । ढकाल नेपाली समुदायमा सरल स्वभाव र सम्मानित व्यक्तिकोरूपमा चिनिन्छन् । उनको पदावधि सन् २०२४ सम्म कायम रहनेछ ।
ढकाललाई नेपाल सरकारले पहिलोपटक सन् २०१३ मा अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो । २०१५ मा अवैतनिक महावाणिज्यदूत नियुक्त गरिएकोमा अहिले त्यसैलाई निरन्तरता दिइएको हो । यसअघि सरकारले महावाणिज्यदुत प्रेमराजा महत र वाणिज्यदुत एसी शेर्पाको भूमिकालाई पनि पुनर्नियुक्ति दिईसकेको छ ।
© 2020 Realkhabar.com. All Rights Reserved || Developed by: Isoft