रियलखबर, मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र ८ का बिधान सभा सदस्य नेपालीमूलका ह्यारी भण्डारीले सो पदमा पुन उम्मेदवारी दिने भएका छन् । हालै आयोजित एक कार्मयकमाझ उनले सन् २०२२ को चुनावका लागि पुन: उमेद्वारी दिने जानकारी गरिएका हुन् । सन् २०१८ मा भएको निर्वाचनमा मेरिल्याण्ड राज्य संसदको हाउस अफ डेलिगेट्समा बिजयी भण्डारी अमेरिकी मूलधारको राजनीतिमा प्रवेश गरि सभासद बन्ने नेपाली मूलका पहिलो व्यक्ति हुन् ।
मेरिल्याण्ड निवासी कलाकार एवं व्यवसायि ध्रुव वन्तले संयोजन गरेको उक्त कार्यक्रममा भण्डारीको दोस्रो कार्यकालको लागी पुन निर्वाचनमा जाने योजनामा सवैले साथ दिने प्रतिवद्धता जनाए । समुदायको लागी सकेको सहयोग गरेको वताउदै आगामी दिनमा नेपाली समुदायको सहयोगमा सधै लागिरहने भण्डारीले वताए । कोरोनाअघिपछी नेपाली समुदायको सहयोगमा उनले गरेको सहयोगको सवैले प्रशंसा गरेका थिए ।
सन् २००५ मा नेपालको पर्वत जिल्लाबाट अमेरिका आएका भण्डारी नेपालमा अंग्रेजी भाषा पढाउँथे । अमेरिकामा शुरूवातमा सि-स्टोर (ग्यॉस स्टेसन ) मा समेत काम गरेका उनि प्राध्यापन पेशामा पनि संलग्न हुदै आएका थिए ।
उमेद्वारी घोषणासँगै २९ हजार ५ सय हजार डलर सङ्कलन
ह्यारी भण्डारीको पुन उमेद्वार बन्ने घोषणा कार्यक्रममा २९ हजार ५ सय हजार डलर सङ्कलन भएको छ । जुम प्रविधीबाट गरिएको कार्यक्रममा कूल २९ हजार ५ सय हजार डलर संकलन गरेको कार्यक्रमको संयोजन गरेका वन्तले जानकारी दिएका थिए । कार्यक्रममा उपस्थित भएका विभिन्न पेशागत व्यक्तिहरुले भण्डारीलाई अग्रिम शुभकामना दिदै सहयोगको वचन दिएका थिए ।
भण्डारीले आफूले पनि नेपाली समुदायका लागी सक्दो सहयोग गरेको र समुदायको हितमा सधैभर लागिरहने वताउदै पुन :एक पटक सहयोग मागेका थिए । यसअघि पनि नेपाली समुदाय ह्यारी जिताऊँ अभियानमा सक्रिय भएर लागेका थिए ।
© 2020 Realkhabar.com. All Rights Reserved || Developed by: Isoft