मिस नेपाल २०२० विजेता नम्रता श्रेष्ठ

२०७७ मंसिर २० गते २२:४० Realkhabar

रियलखबर, मिस नेपाल २०२०को बिजेता नम्रता श्रेष्ठ बनेकी छिन् । होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठ बिजेता बनेकी हुन् ।  उनी पेशाले  शिक्षिका  हुन् । त्यसैगरि नेपाल सुप्रानेसनल उपाधि सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनलको उपाधि सन्ध्या शर्मा र  मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठले हात पारेका छन् ।

अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ ? भनेर सोधिएको थियो ।

नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् ।