टीपीएसको अवधि ९ महिना थपिदै

२०७७ मंसिर २३ गते ३:१८ Realkhabar

रियलखबर ७ डिसेम्बर, नेपाल लगायतका हैटी, निकारागुवा, होण्मडुरस, सुडान र एल साल्वाडोरको लागी अमेरिकी सरकारले दिएको टीपीएस (टेम्पोरारी प्रोटेक्टेड स्टाटस) स्थायी बसोबासको सुविधाको  अवधि ९ महिना थपिने भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले बुधबार औपचारिक सुचना प्रकाशित  गरी टीपीएसको अवधी थपिन लागेको जानकारी दिएको हो ।

नेपाल लगायत यी देशका टीपीएसवाहकको कागजातको अवधि आगामी जनवरी ४ मा समाप्त हुन लागेको थियो । तर अब नेपाल लगायत ५ देशको टीपीएस सन् २०२१ को अक्टोबर ४ सम्म कायम रहनेछ । टीपीएसको म्याद नौ महिना थपिएपछि टीपीएस प्राप्त वर्कपरमिट  स्वतः नविकरण हुनेछ ।