भट्टराईको नेतृत्वमा एएनएको नयॉ कमिटी गठन

२०७७ पुष ३ गते ०:५६ Realkhabar

रियलखबर १७ डिसेम्बर, एशोसिएसन अफ नेपलिज इन अमेरिकाज (एएनए) को हालै सम्पन्न निर्वाचनबाट इञ्जिनियर विजयराज भट्टराईको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ । एएनए अमेरिकामा नेपालीहरुको सबैभन्दा पुरानो संस्थाको रूपमा चिनिन्छ ।

भट्टराईको नेतृत्वमा १० सदस्यीय समिति बनेको छ भने वरिष्ठ उपाध्यक्षमा विजय श्रेष्ठ निर्वाचित भएका छन् । एएनए निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त भक्त थापाद्वारा प्रकाशित निर्वाचन परिणाम अनुसार उपाध्यक्षहरुमा डाक्टर तुल्सी धरेल (क्यानडा) शैलेन्द्र बहादुर खत्री (पूर्वीय क्षेत्र) , डाक्टर दुर्गा दाहाल (पश्चिमी क्षेत्र), महासचिवमा डा. चुणामणि खनाल, सहसचिवमा बिनय गौतम, कोषाध्यक्षमा डा. उषा शर्मा, सहायक कोषाध्यक्षमा राधा कृष्ण धमला, युवा संयोजकमा लक्ष्मणलाल प्रधान निर्वाचित भएका छन् ।

 

एएनएका वर्तमान अध्यक्ष खगेन्द्र अधिकारीको कार्यकाल  २०२१ को जनवरी १  मा सकिने छ भने नयॉ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण   गरिने वताईएको छ । बॉकी समितिका सदस्यहरू निर्वाचित अध्यक्षले मनोनयन गर्ने एएनएको विधानमा व्यवस्था छ । नवनिर्वाचित समितिको कार्यकाल दुईबर्षको रहनेछ ।