क
रियलखबर, गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् अमेरिका अन्तरगतको साईन्टेस क्नोलोजी एन्ड इनोभेसन कमिटीको संयोजनमा ड्रिम बिग च्यालेन्ज प्रतियोगिता सम्पन्न भएको छ ।
जनवरी २ मा सम्पन्न उक्त प्रतियोगितामा हाईस्कूलको तर्फबाट सौगात पराजुली, मिडलस्कुलको तर्फबाट श्रेयास श्रेष्ठ, र ईलामेन्ट्री स्कूलको तर्फबाट प्रोमेथस त्रिपाठी उत्कृष्ट भएका थिए ।
त्यसैगरि हाईस्कूलको तर्फबाट दोस्रो स्थानमा प्रसंसा धिमिरे र तेस्रोस्थानमा अमिस पाण्डे रहेका छन् । त्यस्तै मिडलस्कुलबाट दोस्रो हुनेमा शुभाम साह र तेस्रोमा विशेस पोखरेल रहेका छनभने ईलामेन्ट्रीको तर्फबाट दोस्रो स्थानमा स्नेही पोखरेल र तेस्रोमा सोफी घिमेरे रहेका छन् ।
ईलामेन्ट्री स्कुल, मिडल स्कूल र हाई स्कूल गरी तिन वटा ग्रुपमा वर्गीकरण गरी ड्रिम बिग च्यालेन्ज कार्यक्रम सञ्चालन गरिएको थियो । त्यसै गरी यस कार्यक्रम बाट प्रत्येक ग्रुप बाट तिन जना प्रथम, दोस्रो र तेस्रो गरी जम्मा नौ जना प्रतियोगीहरु लाई विजेता घोषणा गरिएको थियो।
ड्रिम बिग च्यालेन्ज मा सहभागी हुने सबै भाइ बहिनीहरूको ईनोभेटिभ आइडिया र प्रस्तुति उत्कृष्ट रहेको थियो । गैर आवासीय नेपाली सङ्घ, युएसएका तर्फबाट सबै विजयी र सहभागी भाइ बहिनीहहरुलाई बधाई तथा शुभकामना व्यक्त गरिएको आयोजक संस्थाका महासचिव पशुपति पाण्डेद्वाराजारी विज्ञप्तिमा जनाईएको छ ।
विज्ञप्तिमा भरिएको छ, “ कार्यक्रममा बिशिस्ट निर्णयकर्ताको भूमिका निभाउनुहुने डा तोया बराल, डा मिलन बिमली, तेजस्वी गिरि, डा सोनिया हिराचन, किरण जोशी, डा नबिन खनाल, डा माया मगराती, राधेश पण्डित, सुजन श्रेष्ठ, तृप्ति थापा, सबैलाई उहाँ हरुको समय र मिहिनेत सहित यो कठिन कार्यमा ठुलो योगदान दिनुभएकोमा हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छौँ । साथै कार्यक्रमको पुरस्कार राशिको ब्यबस्थापनको लागि आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाताहरुमा सथै यो कार्यक्रमको सफलतापूर्बक संचालनमा तथा प्रचार प्रसारमा सहयोग गर्नु हुने ददि ढुंगाना, पदम भण्डारी, प्रशान राई र सतिश चापागाईं, संचारकर्मी मित्रहरु र कार्यक्रमलाई सहयोग गर्नु हुने सबैमा हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छौं ।”
विज्ञप्तिमा साइन्स, टेक्नोलोजी, एन्ड इनोभेसन कमिटी तथा ड्रिम बिग च्यालेन्ज संयोजन समितिका संयोजक डा तारा सिग्देल, साथै सहसंयोजकहरु – सतिश त्रिपाठी, राजीव श्रेष्ठ, डा राजेन्द्र पङ्गेनी तथा सदस्यहरू सुनिल खनाल, रोजी कर्ण, डा माधव पाण्डे, डा लेखनाथ अधिकारी, डा बेनी डाँगी, सञ्जय श्रेष्ठ मा बिशेष धन्यवाद ज्ञापन गरिएको छ ।
© 2020 Realkhabar.com. All Rights Reserved || Developed by: Isoft