जोन र राफलको विजयीसँग दुवै सदनमा डेमोक्रेटिक पार्टीको नियन्त्रण

२०७७ पुष २३ गते ४:३४ Realkhabar

ट्रम्पका समर्थकद्धारा क्यापिटलहिल भवनमा प्रबेष गरि तोडफोड, महिलाको ज्यान गयो


रियलखबर ६ जनवरि

जर्जियामा डेकोक्रेटिक पार्टीका सिनेटरहरु जोन ओसोफ र राफल वार्नकको जीतसँगै संसदका दुवै सदन हाउस अफ रेप्रिजेन्ट र सिनेटमा डेमोक्रेटिक पार्टीको नियन्त्रण रहने भएको छ । पछिल्लो परिणाम आएपछि सिनेटका १ सय सिटमा ५० सिट डेमोक्रेट्स पार्टी र ५० सिट रिपब्लिकन पार्टीले हात पारेका छन् । उपराष्ट्रपतिले गर्ने टाईब्रेकको सुविधाका कारण डेमोक्रेटिक पार्टीको सिनेटमा बहुमत हुनेछ । यसअघिनै तल्लो सदनमा डेमोक्रेटिक्सले आफ्नो बहुमत जनाईसकेको छ ।
पुन निर्वाचन भएको जर्जियामा डेमोक्रेटिक पार्टीका उमेद्वार ३३ बर्षिय जोन ओसोफले करिब २४ हजार मतको अन्तरले जीत हात पारेका छन्भने वार्नकले करिब ६२ हजार मतले विजयहाँसिल गरेका छन् । ओसोफ सन १९८९ पछि सिनेटर बन्ने सवैभन्दा कान्छा उमेद्वार हुन् ।
जर्जियाको मत परिणामबाटै संसददेखि ह्वाइटहाउससम्म डेमोक्रेटिक पार्टीले नियन्त्रण गर्ने भएपछि आत्तिएका राष्ट्रपति डोनाल्ड जे ट्रम्पका समर्थकहरुले राजधानी वासिंगटन डीसीमा हिंसात्मक प्रदर्शन भयो । हतियारसहित प्रर्दशनकारीहरु क्यापिटलहिल प्रवेषगरि तोडफोड गरेका छन् । स्थिति नियन्त्रण बाहिर गएपछि विशेष सुरक्षाको व्यवस्था गरिएको थियो । एकजना महिलाको ज्यान गएको छ भने केहि प्रर्दशनकारीहरु घाईते भएको वताईएको छ । दिनभर लगाएर सुरक्षाकर्मीहरुले हिंसात्मक प्रर्दशनलाई नियन्त्रण लिएका थिए । राष्ट्रपति टम्पले निर्वाचन परिणाम स्वीकार नगरि उल्टै दंगाफसाद गरेको आरोप डेमोक्रेटहरुले लगाएका छन् भने बहालवाला राष्ट्रपतिले लिएको यो कदम अमेरिकी राजनीतिमा दुर्लभ मानिन्छ ।