अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा बाईडेनले कार्यभार सम्हाले

२०७७ माघ ८ गते ६:०३ Realkhabar

https://youtu.be/j3a6n_1owPY


रियलखबर २० जनवरी

अमेरिकाका नवनिर्वाचित ४६ औं राष्ट्रपति जो बाईडेनले कार्यभार सम्हालेका छन् । अमेरिकाको नबनियुक्त राष्ट्रपतिको रुपमा जो बाईडेन र उपराष्ट्रपति कमला ह्यारिसको सपथ ग्रहण कार्यक्रम बुधबार सम्पन्न भएको छ । विशेष सुरक्षाघेरा बीच भव्य समारोहमा बाईवललाई साँक्षी राखी राखेर बाईडेनले सपथ लिएका थिए । उपराष्ट्रपति जस्तो उच्च पदमा पुग्ने कमला ह्यारिस अस्वेत पहिलो महिला हुन् ।


राष्ट्रपतिको सपथ लिदै बाईडेनले लोकतन्त्रको जीत भएको छ । यसको रक्षा गर्दे अमेरिका र अमेरिकी जनताको पक्षमा आफुले काम गर्ने वताए ।
टम्प बाईडेनको सपथग्रहण कार्यक्रममा उपश्थित भएनन । यसअघि राष्ट्रपतिले नवनियुक्त राष्ट्रपतिलाई कार्यभार हस्तान्तरण गर्ने परम्परालाई आफुले लागु नगरि सपथग्रहणपहिले नै टम्पले ह्वाईट हाउस छोडेका थिए ।

यसअघि ५२ बर्षअघि एन्डयु जोन्सनले पनि सपथग्रहणमा सहभागी भएका थिएनन । स्वास्थ्यका कारण पूर्वराष्ट्रपति जिमी कार्टर सहभागी हुननसकेपनि पूर्व राष्ट्रपतिहरु विल क्लिन्टन, बराक ओवामा, जर्ज डव्लु बुसले सहभागिता जनाएका थिए ।
नवनियुक्त राष्ट्रपति बाईडेनले कोरोना महामारी, आर्थिक सहायता र जलवायु परिवर्तन सम्वन्धी १७ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेको वताईएको छ । कागजपत्रविहीनलाई ग्रिनकार्डको बाटोबाट नागरिकताको सुविधा दिने, विद्यार्थीहरुको अध्ययनमा लाग्ने खर्चको व्याज मिनाहादखी यसअघि टम्पले मुस्लिम देशहरुमा लगाएको प्रतिवन्ध फुकुवा गर्ने विषयमा बाईडेन सकारात्मक भएको वताईउको छ । डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति चुनिएका उनले घोषणा गरेका कार्यक्रम दुवै सदन आफ्नै पार्टीको नियन्त्रणमा भएकोले कार्यन्वयनमा सहज हुने देखिएको छ ।