डेलिगेट भण्डारीद्धारा अमेरिकी संसदमा दशैं स्मारक दिवसको बिल दर्ता

२०७७ माघ १० गते २:०५ Realkhabar

रियलखबर २२ जनवरी, मेरिल्याण्ड राज्यको तर्फबाट विधानसभा सदस्य नेपालीमूलका ह्यारी भण्डारीले दशै पर्वलाई मान्यता दिलाउन अमेरिकी संसदमा बिल पेश गरेका छन् । उनले प्रत्येक बर्ष अक्टुबर १४ लाई गभर्नरले दशैं स्मारक दिवसको रुपमा घोषणा गर्नुपर्ने प्रावधानका लागि विधिवत रुपमा संसदमा बिल दर्ता गरेको जानकारी गराएका छन् ।

उक्त जानकारी एच बि भण्डारी विधानसभा सदस्य फेसबुक पेजबाट समेत जानकारी गराएका छन् । निकै भावनात्मक भएका उनले फेसबुम पेजमा लेखेका छन् , केहि बेर अगाडी प्रत्येक बर्ष अक्टुबर १४ लाई गभर्नरले दशैं स्मारक दिवसको रुपमा घोषणा गर्नुपर्ने प्रावधानका लागि विधिवत रुपमा संसदम ाबिल दर्ता गरे । यी हलहरुमा हिडेका जेफरसन र जर्ज वाशिंगटन याद आयो । लोकतन्त्र र विविधताको शक्ति सम्झे । नेपाल र सगरमाथाको याद नआउने त कुरै भएन ।

उक्त बिलको विषयमा विभिन्न छलफल र दुवै सदनबाट पारित भएमामात्र कार्यान्वयनमा आउनेछ । उनले सदनमा पेश गरेका ५ वटा बिल पारित भैसकेका छन् । अमेरिकी मुलधारको राजनीतिको उच्च पदमा पुग्ने भण्डारी पहिलो नेपाली हुन् । सन् २०१८ को निर्वाचनमा सफलता हाँसिल गरि इतिहाँस रचेका उनले सन् २०१९ देखी विधायकको रुपमा अमेरिकी संसदमा प्रतिनिधित्व गर्दै आएका छन् । सन् २००५ मा अमेरिका आएका भण्डारीको जन्मभूमिप्रतिको प्रेम र कर्तव्यप्रति नेपालीहरु सधै गर्व गर्दै आएका छन ।