रहेनन भारत्तोलक रुप कार्की

२०७७ माघ १० गते २:४० Realkhabar

रियलखबर २२ जनवरी, भारत्तोलक रुप कार्कीको हृदयघातका कारण मृत्यु भएको छ । अमेरिकाको भर्जिनियामा वस्दै आएका कार्कीको मृत्यु गत विहिबार नेपालमा भएको पारिवारिक स्रोतले वताएको हो । नेपालमा भारत्तोलनलाई विकास गर्ने उद्देश्यले नेपाल पुगेको वेला उनको मृत्यु भएको थियो । उनका श्रीमती शोभा सुवेदी कार्की नेपालमै रहेको र परिवारका अन्य सदस्य अमेरिकाबाट नेपाल हिडिसकेको वताईएको छ । श्रीमती र छोराछोरीसँग कार्की भर्जिनियास्थित स्यानटिलीमा वस्दै आएका थिए ।

अमेरिकामा विश्वभरका हेविवेट भारत्तोलकहरु प्रतिस्पर्धीहरुमाझ छनौट हुने उनी पहिलो नेपाली हुन् । विभिन्न प्रतियोगितामा स्वर्ण पदक विजेताको उपाधी हाँसिल गरेका उनले सन् २०१९ मा मास्तर टु र २२० पाण्ड तौल समूहमा आयरल्याण्डमा सम्पन्न वल्र्ड पावरलिफ्ंिटग प्रतियोगितामा आफ्नो वजन समूहमा स्वर्ण पदक अर्थात माष्टर वान पदक हाँसिल गरेका छन् । विदेशमा रहँदा नेपालको पहिचान अन्तराष्टियस्तरमा चिनाउन भूमिका खेलेका उनले पछिल्लो समय नेपालमा पुगेर आफ्नो सीप ज्ञान वाँड्न लागेका उनको योगदानको नेपालीहरुले उच्च कदर गरेका छन् । उनको निधनले नेपाली अमेरिकी समुदाय झनै स्तव्ध वनेको छ । नेपालीहरुले संसारभरबाट सामाजिक सन्जालमा उनीप्रति हार्दिक श्रद्धान्जली प्रकट गरिरहेका छन् ।