म्यानमारमा सैन्य कू, एकबर्षका लागि संकटकाल घोषणा

२०७७ माघ २१ गते १:१२ Realkhabar

रियलखबर, दक्षिण एशियाली मूलुक म्यानमारमा सेनाले कू गरेको छ । देशलाई नियन्त्रणमा लिएर १ बर्षका लागि संकटकाल घोषणा गरेको सेनाद्धारा सन्चालित टेलिभिजन Myawaddy TV ले जनाएको छ । सेना प्रमुख मिन ओङ ह्लाइङ को नेतृत्वमा कू गरिएको छ भने सेना सडकमा तैनाथ गरिएको छ । गत नोभेम्बर महिनामा भएको चूनावमा आड साड सूकीको पार्टी न्याश्नल लीग फर डेमोक्रेसी, एनएनडी ले सरकार गठन गर्ने बहुमत प्राप्त गरेको थियो । तर सेनाले उक्त चुनाव धाँधली भएको आरोप लगाउदै आएको छ ।

म्यानमारकी नेत्री आड सान सूकीलाई सेनाले गिरफ्तार गरिसकेको वताईएको छ । सूचिको बहुमत आएको निर्वाचन परिणाम सेना समर्थित दल युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी यूएसडीपीले अस्वीकार गरेका छ । हालसम्म घोषित परिणाम अनुसार एनएलडीले ३९१ स्थानमा विजयी हुँदा यूएसडीपीले २१ स्थानमा मात्र विजय हासिल गरेको छ । सन् २०११ मा प्रजातान्त्रिक सुधारअघिसम्म बर्मा भनेर परिचित म्यान्मारमा सेनाले शासन गर्दै आएको थियो ।

म्यान्मारमा भएको सैनिक कूको विश्वभरिबाट निन्दा 

संयुक्त राज्य अमेरिका, जापान, भारत, युरोपेली सङ्घ र म्यान्मारकै अधिकारीहरूले लोकतन्त्रको सम्मान गर्नू अपील गरेका छन्।
ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले नेताहरूलाई रिहा गर्न आग्रह गरेका छन्।
चीनले सबै पक्षलाई संविधानको पालना गर्न र स्थिरता कायम गर्नू आग्रह गरेको छ।
तर म्यान्मारका दुई छिमेकी देशहरू थाईल्यान्ड र कम्बोडियाले सैनिक कूलाई त्यहाँको आन्तरिक मामिला भनेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारको सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै सेनाविरुद्ध कदम चालिने धम्की दिएका छन्।
बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् र त्यसो नभए अमेरिकाले “उचित कदम” चाल्ने बताएका छन्।
युरोपेली संघ, जापान र भारतले म्यान्मारमा प्रजातन्त्र फिर्ता गर्ने अमेरिकाको मागमा समर्थन जनाएका छन् ।