अमेरिकामा आधीसहितको हिमपातका कारण अहिलेसम्म २१ जनाको मृत्यु, विद्युत आपुर्तिका कारण जनजिवन प्रभावित

२०७७ फागुन ६ गते २:१० Realkhabar

रियलखबर १७ फेब्रअरी अमेरिकामा आधीसहितको हिमपातका कारण अहिलेसम्म २१ जना मानिसहरुले ज्यान गुमाउनु परेको छ । जलबायु सेवाका अनुसार टेक्सासदेखी म्यासाचुसेट्ससम्म आएको हिमआँधी आएको छ । सुगरल्यान्ड सुगरल्याण्ड शहरमा आगलागीबाट मङ्गलबार तीन बालबालिकासहित एक महिलाको ज्यान गएको छ । उत्तरी क्यारोलिनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको यहाँका सन्चारमाध्यमहरुले जनाएका छन् ।
दक्षिणी टेनेसी राज्यमा पनि एक जना १० वर्षीय बालकको हिउँले ढाकिएको पोखरीमा खसेर मृत्यु भएको वताईएको छ ।

टेक्सास राज्यमा विद्युत आपुर्ति बन्द भएपछि लाखौ मानिसहरु प्रभावित भएको छ । अध्याधिक चिसो बढेपछि आपुर्तिमा असर पुगेको छ । प्रतिकूल मौसमका कारण धेरैवटा कोभिड–१९ का खोप केन्द्रहरु पनि बन्द भएको वताईएको छ भने खोप आपूर्तिमा समेत असर परेको छ ।

राष्टपति जो बाईडेनले टेक्सासको खराब मौसमलाई मध्येनजर राखेर आपतकालिन स्थितिको घोषणा गर्दै संघीय राज्यलाई मद्दतका लागि आग्रह गरिसकेका छन् । टेक्सासमा अधिकारीहरुले संघीय आपतकालिन व्यवस्थापन एजेन्सीसमक्ष ६० हजार जेनेरेटरका लागि माग गरेका छन् । उक्त सुविधा अस्पताल तथा नसिड होमलाई प्राथमिकतामा राखिएको छ । साथै यहाँ १ हजार मानिसहरु बस्न सक्ने ३५ आश्रमहरु खोलिएका छन् । हयुस्टनस्थित एक आश्रममा ५ सय भन्दा बढीलाई राखिएको छ ।


तस्वीर एजेन्सी