टेक्सासमा एक नेपाली विद्यार्थीको मृत्यु

२०७७ फागुन ६ गते १७:४५ Realkhabar

आर्थिक सहयोग जुटाउन गोफण्ड समेत शुरु

रियलखबर, नेपालमा झापा घरभई हाल टेक्सासको ह्युष्टन शहरमा वसोवास गर्दै आएका २३ बर्षिय प्रमोद भट्टराईको निधन भएको छ । अध्ययनको शिलशिलामा ५ बर्षअघि अमेरिका आएका उनको गएको सोमबार राति कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको पारिवारिक श्रोतले वताएको छ । हिमपातका कारण अध्याधिक चिसो बढेको टेक्सासमा प्रमोदले अघिल्लो दिन साथीहरुसँगै वार्वक्यु पार्टी गरेको खुल्न आएको छ । शवको पोष्टमार्टम रिपोर्टपछि वाँकी विवरण आउने वताईएको छ ।

शव  नेपालमा पुर्याईदिन नेपालमा प्रमोदको परिवारले यहाँस्थित नेपालीहरुलाई अनुरोध गरेको छ । प्रमोदको शव नेपालमा पुर्याउनको लागि एनआरएन अमेरिका खटिरहेको एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडेले वताए, “प्रमोद पढ्ने कलेजदेखी डीसीस्थित नेपाली दुतावाससँग यो विषयमा कुरा गरिरहेका छौं ।” हिमपातका कारण प्रभावित वनेको टेक्सासमा बस्ने नेपालीहरुको विषयमा एनआरएनदेखी स्थानिय समुदाय चासो राख्दै सहयोग जुटाईरहेको एनआरएन अमेरिकाको टेक्सास च्याप्टरका अध्यक्ष राजेश अर्यालले वताए । गएको हप्तादखीको लगातारको हिमपातका कारण टेक्सासको जनजिवन निकै प्रभावित वन्न पुगेको छ ।

मृतक भट्टराईको नाममा आर्थिक सहयोग जुटाउनका लागि गोफण्ड समेत शुरु भएको छ । https://www.gofundme.com/f/help-for-pramod-bhattarai?utm_campaign=m_pd+share-sheet&utm_medium=copy_link_all&utm_source=customer