अमेरिकाको मेरिल्याण्ड राज्यसॅंग एनआरएनएद्वारा दशैं दिवसको मान्यताको माग

२०७७ चैत ४ गते २:५० Realkhabar

 

54F89C58-CDE8-403E-AE7F-63E9ED67C121.mov15.9MB

अमेरिका, गत फेब्रुअरी १४ , २०२१ आइतबार एनआरएनए मेरिल्याण्ड च्याप्टर कार्यसमितिको बैठकद्वारा निर्णय भए बमोजीम एनआरएनएको प्रतिनिधित्व गर्दै सुप्रिया घिमिरेले मेरिल्याण्ड हाउस अफ रेप्रिजेन्टेटिभमा “दशैं दिवस” को मान्यता दिन सरकारसँग माग गरेकी छन् ।

 

हाउस अफ डेलिगेट एच बी भण्डारीद्वारा प्रस्तुत उक्त बिल हाल विचाराधीन अवस्थामा छ । एनआरएनए मेरिल्याण्ड च्याप्टरले प्रभावशाली प्रस्तुतिको लागि सुप्रियालाई हार्दिक धन्यवाद दिंदै सो अवसरको लागि डेलिगेट एच वी भण्डारीप्रति कृतज्ञता व्यक्त गरेको च्याप्टर अध्यक्ष डोलनाथ घिमिरेले वताए ।