नारी दिवसको सेरोफेरोमा रहि सामुदायमा महिला सहभागिता र नेतृत्वका विषयमा गैरआवासीय नेपाली संघ क्षेत्रीय महिला संयोजक (अमेरिकाज ) उमा कार्की थापासँग ग्लोबलटक/GlobalTalk

२०७७ चैत ४ गते ३:१९ Realkhabar

सन् २००७ को कुरा हो । अमेरिकी जिवनको शुरूवामा व्युटी पार्लरको रोजगारीमा आफुसहित साउथ एशियामूलका २०० महिलाहरू श्रम शोषणमा रहेको थाहा भयो । न्यूनतम तलवमा पॉचबर्षसम्मको बाध्यकारी नियममा राखेर ज़बर्दस्त काममा लगाउने तर आफुले चाहे जतिखेर पनि हटाउने गरि अमेरिकाजस्तो वलियो कानून भएको भनिएकोमूलुकमा भएको अत्याचारबिरूद्ध उनले न्यायिक लडाँई लड्ने निर्णय गरिन । तर यो निर्णय लिन कति जोखिम थियो भनेर उनले सोचेकी थिईनन । त्यो जोखिम लिएपछी भोगेका कुरा गर्दा वृत्तचित्र तयार हुने वताईन । मैले पुस्तक लेख्न सुझाव दिए । हुनत उनीसँग यसअघि नै नेतृत्व क्षमता नभएको होईन तर यस घटनाले उनलाई झन निर्भीक वनायो । अन्यायको विरूद्ध लड्न सिकायो । निरन्तर उनी समुदायको नेतृत्वमा क्रियाशील छिन । क्षमता हुदाहुदै अहिले पनि सामाजमा महिलाहरूको सहभागी र नेतृत्वको अवसरमा सहजता छैन भन्ने नेपाली अमेरिकी समाजमा नेतृत्व क्षमता भएकी महिलाको परिचय बनाईरहेकी उनै उमा कार्की थापासँग लिईएको अन्तरवार्ता ग्लोबलटक/GlobalTalk मा तपॉईहरूको लागी ।

https://fb.watch/4hbuUl47Fq/