भर्जिनिया, अमेरिकाको भर्जिनियास्थित फल्स चर्च शहरमा शुक्रबार भएको कार दर्घटनामा परि ३७ बर्षिय रमाकान्त भुषालको निधन भएको छ । कामबाट घर फर्किने क्रममा सवारी दुर्घटनामा उनको निधन भएको हो । राती साढे १० बजे भएको सवारी दुर्घटनामा घाईते भुषाललाई उपचारका लागि अस्पताल पुरयाईएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
नेपालको नवलपरासी घरभई भर्जिनियामा वस्दै आएका उनी एकबर्षअघि डिभी परेर अमेरिका पुगेका थिए । श्रीमतिकासाथ भर्जिनियामा बस्दै आएका उनका एक छोरा र एक छोरी भने नेपालमा रहेको पारिवारिक स्रोतले वताएको छ ।
सवारी दुर्घटनामा ज्यान गुमाएका भुषालको परिवारको सहयोगार्थ गोफण्ड खोलिएको छ । गैरआवासिय नेपाली संघ भर्जिनिया च्याप्टरले गोफण्ड खोलेर सहयोगका लागि आवहान गरिसकेको छ ।https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.gofundme.com%2Ff%2Fhelp-bhusal-family%3Futm_source%3Dfacebook%26utm_medium%3Dsocial%26utm_campaign%3Dp_cp%2520share-sheet%26fbclid%3DIwAR2qy33nZwE-OWz5MI32lHexRFk9mN-2JLvj7MkxUo5_bFoPhTzg-GOK5UM&h=AT1X81x3cRa8UN6YFaQJdwZvXBdZZ49NZXL3cng2J-6KmaN0yI0etCvoDF0Q3jzXTFZ72IGUu4DqvuG1JZLalyqGFmp7-t4L6NS62OhbCrfP91SovucRQItWqmIHXDWVW9qMmejaqTJfxWCcTb9VUzM&__tn__=%2CmH-R&c[0]=AT0-CtgoqNYa7XoCgcKQjuxufkBZoth4wQEZaGOPWOEmO1qyQNmyiXQRhLVQQq7eO_nfTC9AaaXZus5E7sSWclfM9O3wYmoXtRKVADZd1yU-oZD43FKiCssORGmDLwjzLeojCipKcZ_a2i1X4jDXJVvBGQ
© 2020 Realkhabar.com. All Rights Reserved || Developed by: Isoft