टेस्सास, अश्वेत व्यक्तिको बन्दुकप्रहारबाट ज्यान गुमाएका ३९ बर्षिय रमेश थापाको अप्रिल १५ गते बिहिबारका दिन अन्त्यष्टि गरिएको छ । यहाँस्थित नेपालीहरुको प्रतिनिधिमूलक संस्था ग्रेटर अष्टिनको सहयोगमा जोन्स फेम्लिको फ्युनरल होममा थापाको अन्त्यष्टि गरिएको हो । थापाको अन्त्यष्टि कार्यक्रममा उनका भाई लक्ष्मण उपश्थित भएपनि नेपालबाट एक छोरा र श्रीमति सहभागी हुन पाएका छैनन् । पोखरा घरभई पछिल्लो समय टेक्सासको अष्टिनमा वस्दै आएका रमेशको राती कामबाट घर पुग्नसाथ बन्दुक आक्रमण भएको थियो । झण्डै एघारबर्षअघि उनी मेक्सिकोहुदै अमेरिका आएका थिए ।
© 2020 Realkhabar.com. All Rights Reserved || Developed by: Isoft