टेक्सास, डीसीस्थित नेपाली दुतावासले टेक्सासराज्यमा वस्ने नेपालीहरुलाई लक्ष्ति आगामी मे १४ र १५ गते तय गरिएको कार्यक्रममा यहाँस्थित टेक्सास नेपाली समाज र एनआरएन अमेरिकाको टेक्सास च्याप्टरबीच विदाद नरहेको दुवै संस्थाले संयुक्त विज्ञप्तिमार्फत प्रष्ट गरेका छन् । सो कार्यक्रम आयोजनाको विषयलाई लिएर दुवैसंस्थाबीच विवाद भएर कार्यक्रम स्थगितको मोडमा पुगेको भन्दै स्थानिय एक अनलाईन मिडियाले समाचार प्रकाशित गरेपछि दुवै संस्थाले संयुक्तरुपमा विज्ञप्ति निकाली समाचारको खण्ढन गर्दै स्पष्ट पारेका हुन् । “घुम्ती शिवीरको आयोजक बन्न ड्यालसका दुई संस्थामा जुँगाको लडाइँ” शीर्षकमा समाचार प्रकाशित गर्दै कार्यक्रम आयोजनालाई लिएर दुई संस्थाले बीवाद गरेको समाचार एक अनलाईनले प्रकाशित गरेको थियो ।https://himalayakhabar.com/detail/1697376271367705.html?fbclid=IwAR2y48oukBVakpAIgSmrXHwNrkbDineVOy1p7jU3b_oQKiqg3Rz_1d2YwR8
नेपाली समाज टेक्सास र एनआरएन टेक्सास च्याप्टरका दुवै नेतृत्वबाट संयुक्त निकालिएको विज्ञप्ति यसप्रकार छ:
नेपाली राजदुतावासले टेक्ससको डालस फ़ोर्थवोरथ क्षेत्रमा आगामी May १४ र १५ गते गर्न लागेको घुमती consulate camp को व्यवस्थापन नेपाली समाज टेक्सस र NRNA टेक्सस चैप्टर बीच मिलेर गर्ने सहमति भैसकेको संदर्भमा उक्त कुरालाई लिएर एक ऑनलाइन समाचारले जुँगाको लड़ाई शीर्षक राख़ेर लेखेको समाचारप्रति नेपाली समाज टेक्सस र NRNA Chapter, TX को गंभीर ध्यानाकर्षण भएको छ। नेपाली समाज टेक्सस र एनआरएनए जस्तो सम्मानित संस्थालाई जोडेर बिना आधारहीन कपोलकल्पित र भ्रामक कुरा जोडेर समाजलाई भ्रम फैलाउने र समाज जोड़ने भंदा समाज बिभाजित गराउने नकारात्मक समाचारको घोर निन्दा गर्दछौ।साथै यस्ता भ्रामक र कपोकल्पित समाचारमा बिस्वास नगर्न र नलाग्न टेक्ससबासी नेपालीहरुमा बिनम्र अनुरोध गर्दछौ।
प्रार्थी :
दिनेश शर्मा
सभापति
NST,Texas
तथा
राजेश अर्याल
सभापति
NRNA Chapter, Texas
© 2020 Realkhabar.com. All Rights Reserved || Developed by: Isoft