अमेरिकामा एनआरएनको निर्वाचन, अध्यक्ष पदमा ५ जनाको उमेद्वारी दर्ता

२०७८ वैशाख १० गते २२:४५ Realkhabar

रियलखबर, २१ अप्रिल-

एनआरएन अमेरिकाको निर्वाचनको सरगर्मि शुरु भएको छ । निर्वाचन समितिको औपचारिक उमेद्वारी प्रक्रियापूर्वनै शुरु भैसकेको उमेद्वारहरुको दौढधुप औपचारिक उमेद्वारीपछि थप बढेको छ । औपचारिक रुपमा ५ जनाले अध्यक्ष पदमा उमेद्वारी दर्ता गराएका छन् । अध्यक्ष पदमा आफ्नो नाम दर्ता गराउनेमा एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडे, उपाध्यक्ष वुद्धिसागर सुवेदी, सदस्य तिलक केसी, संघकै पूर्व सदस्य कृष्ण लामिछाने र सुर्य लम्साल रहेका छन् ।


आगामी कार्यकालका लागि मे २९ र ३० मा हुने निर्वाचनमा अध्यक्ष लगायत अमेरिकाव्यापी कमिटि लगायत विभिन्न च्याप्टरहरुमा पनि उमेद्वारी दर्ता भएका छन् आ आफ्नो प्यानलको निर्माण गरिएको देखिएकोले उमेद्वारहरुबीच चर्को प्रतिश्पर्धा हुने अनुमान लगाउन सकिन्छ । यसअघि राजनीतिक आग्रहपूर्वाग्रहले प्रभावित हुदै आएको एनआरएन निर्वाचन यसपटकको निर्वाचनमा राजनिति हस्तक्षेपसँगै विभिन्न व्यक्ति र संस्थाको स्वार्थको असर पर्न सक्नेप्रति मतदाताहरुले चिन्ता व्यक्त गरेका छन् ।
२०२१ देखी २०२३ को कार्यकालका लागि हुने निर्वाचनको उमेद्वारी दर्ता गत शनिबार र आईतबार राखिएको थियो । अन्तिम समयमा प्राविधिक समस्या देखिएकाकारण निर्वाचन समितिले सोमबार एकछिनका लागि उमेद्वारी दर्ताका लागि समय थप गरेको थियो ।
यहि अप्रिल २५ गते उमेद्वारहरुको सूचि सार्वजानिक हुने निर्वाचन कमिटिले जनाइसकेको छ । कमिटिका अनुसार अप्रिल २६ सम्म उमेद्वारहरुमाथी उजुरी हाल्न सकिनेछ । त्यसैगरि अप्रिल ३० गते पुन उमेद्वारहरुको सूची प्रकाषित गरिनेछ भने मे ३ गते उमेद्वारी फिर्ता लिन सक्ने म्याद राखिएको छ । मे ८ गते उमेद्वारहरुको अन्तिम सूचि प्रकाशित गरिनेछ र मे २९ गते मतदान प्रारम्भ हुने निर्वाचन कमिटिद्धारा प्रकाशित सूचनामा उल्लेख छ । उक्त निर्वाचनमा २० हजार १ सय ६३ जना मतदाताहरुले निर्वाचनमा भोट हाल्न पाउने छन् ।
आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा १ जना, बरिष्ठ पदमा १ जना, उपाध्यक्ष पदमा ५ जना महिला उपाध्यक्षसहित , महासचिव १ जना, सचिव २ जना, कोषाध्यक्ष १ जना, सहकोषाध्यक्ष १ जना, महिला संयोजक १ जना, युवा संयोजक १ जना र सदस्यमा १२ जना निर्वाचित हुनेछन् ।