एनआरएनएद्वारा लाप्राक बस्ती हस्तान्तरण

२०७८ वैशाख ११ गते १५:५२ Realkhabar

रियलखबर- गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गोरखाको लाप्राकमा निर्माण गरेका ५ सय ७३ वटा घरहरू बिहीबार हस्तान्तरण  गरेको छ। भूकम्प प्रभावित लाप्राकबासीहरूका लागि एनआरएनएले निर्माण गरेका घर हस्तान्तरण गरेको हो ।  पुनर्निर्माण अन्तर्गत एनआरएनले वनाएका घरहरू  गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिईओ सुशील ज्ञवाली, सांसद हरिराज अधिकारीको उपस्थितिमा बिहीबार एनआरएनएका अध्यक्ष कुमार पन्तले धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरूङलाई बस्ती हस्तान्तरण गरिएको छ ।  भूकम्प प्रभावित लाप्राकबासीका लागि एनआरएनएले दुई कोठाका दरले घर निर्माण गरेको छ । पुरानो लाप्राक बस्तीभन्दा करिब आधा घण्टाको दूरीमा बस्ती बनाइएको छ ।